१३ आश्विन २०८०, शनिबार | September 30, 2023

बुटवलमा एमालेको लुम्बिनी प्रदेश अधिवेशन (तस्वीरसहित)



बुटवल । नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन सुरु भएको छ ।

बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अधिवेशन चलिरहेको छ । अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसहितका वरिष्ठ नेताहरु सहभागी भएका छन् ।

अधिवेशन उद्घाटनअघि विभिन्न क्षेत्रबाट र्‍याली निकालिएको थियो । सम्मेलन केन्द्रमा एमालेका नेता कार्यकर्ताहरुको ठूलो उपस्थिति रहेको छ ।

दुई दिन सम्म चल्ने अधिवेशनमा प्रदेशका १२ जिल्लाकै प्रतिनिधिरु सहभागी छन् । अधिवेशनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका गरी एक हजार चार जना प्रतिनिधि सहभागी भएको एमाले प्रचार प्रसार विभाग प्रमुख डिआर घिमिरेले बताएका छन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । मुलुक संघीयतामा गएपछि पहिलो भएको अधिवैशनलाई भव्य बनाउन एमालेले केहीदिन अघिदेखि विशेष तयारी गरिरहेको थियो ।

अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ ।

 

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  २ : ४१ बजे

भोलिबाट बुटवल-पाल्पाको लुम्बिनी केबलकार बन्द हुने

बुटवल । गत जेठ १५ गतेबाट संचालनमा आएको लुम्बिनी केबलकारको

सत्तामा रहेका दल र नेताहरुले अब पनि मिसन ८४ भन्नु जनतामाथिको बेइमानी र धोका : रवि लामिछाने

नेपालगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

पेट्रोलियम पदार्थ अन्वेषण मुआब्जा विवाद सुल्झियो

दैलेख । पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा खरिद प्रक्रियामा देखिएको

नीति निर्माणसँगै कार्यान्वयन पक्ष झनै कम्जोर छ : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा भ्रष्टाचार नियन्त्रण

१२ वटा उल्का पिण्डका टुक्रा जोडेर बनाइयो घडी, मूल्य ३.२ रुपैयाँ

जेनेभा। आकाशबाट उल्का पीण्ड झर्नु सामान्य कुरा हो । तपाईले