६ श्रावण २०८३, बुधबार | July 22, 2026

एउटै वामपन्थी पार्टी बनाउने अभियानमा छौँ : माओवादी नेता गणेशमान पुन



बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज गणेशमान पुनले वर्तमान सरकारले सुशासनको पक्षमा गरेका कार्यहरू जनतासँग पुर्याउन नेता, कार्यकर्तालाइ आग्रह गरेका छन् ।

माओवादी केन्द्रले देशव्यापीरूपमा सञ्चालन गर्ने तीनमहिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को आज बुटवलमा उद्घाटन गर्दै नेता पुनले पार्टीको सङ्गठन निर्माण र जनताका काम सँगसँगै गर्नुपर्ने बताए । उनले माओवादी केन्द्र देशमा एउटै वामपन्थी पार्टी बनाउने अभियानअन्तर्गत समाजवादी मोर्चा निर्माण गरिएको बताए ।

उनले नयाँ ढङ्गको पार्टी निर्माण अहिलेको आवश्यकता रहेको बताए । नेता पुनले मुलुकमा माओवादीले उठाएका एजेन्डा स्थापित भइसकेको बताउँदै पार्टीमा रहेका कमी–कमजोरी औँल्याउँदै सबै अट्ने माओवादी बनाउन देशभर जनतासँग माओवादी अभियान चलाइएको बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्विनी प्रदेश सदस्य खिमनारायण पराजुली, बुटवल उपमहानगर पालिकका बडानं ३ का वडा अध्यक्ष बिष्णु ढकाल , माओवादी केन्द्रका बुटवल उपमहानगरपलिका वडानं ३ का पार्टी अध्यक्ष जगबहादुर श्रेष्ठ, इन्चार्ज जितेन्द्र खत्री,बहुमुखी आश्रीत टोल बिकास संस्थाका अध्यक्ष तोयनाथ भण्डारी लगायतले बोल्दै पार्टीले सन्चालन गरेको यस अभियानले कार्यकर्तामा नयाँ उत्साह थप्ने र ०८४ को आम चुनावमा पहिलो पार्टी बनाउन क्रियासिल रहने र बनाउने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : १६ भदौ २०८०, शनिबार  ९ : १७ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको