२१ माघ २०८२, बुधबार | February 4, 2026

एमाले लुम्बिनी अधिवेशन : गएराति नेतृत्व चयन गर्न ओलीले दिएको निर्देशन भएन कार्यान्वयन

सहमतिमै नेतृत्व चयन गर्न निर्देशन दिएर शपथ नखुवाई काठमाडौं फर्के ओली



बुटवल । नेकपा एमाले लुम्बिनि प्रदेशको बुटवलमा जारी प्रथम अधिवेशनमा गएराति नै सर्वसम्मत नेतृत्व चयन गर्न एमाले अध्यक्ष केपी ओलीले दिएको निर्देशन पालना नभएपछि नयाँ नेतृत्वलाई शपथ नखुवाई उनी काठमाडौं फर्केका छन् ।

उदघाटन समारोहको सम्बोधनमा हिजै बेलुका पदधिकारीहरुलाई बसेर नेतृत्व सहमतिमा टुङ्गाउन निर्देशन दिएपनि त्यसको पालना हुन नसकेपछि ओली पुनः सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडों फर्केका हुन् ।

बुटवल स्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनलाई आज सम्बोधन गर्दै सहमति मै नेतृत्व चयन गर्न अध्यक्ष निर्देशन दिए । उनले कार्यकर्ताहरुलाई पार्टी निर्माणका लागि त्याग गरेर अघि बढ्न आग्रह गरे । नेताहरुको नाम नै लिएर उनले भनेका थिए, ‘ सचिबालयका येत्तिका नेता यहि हुन्हुन्छ, बेलुका बस्नुस र सबैलाई चित्त बुझाएर मिलाउनुस्, म भोलि घोषणा गरेर फर्कन्छु ।’

अध्यक्ष ओलीले निर्वाचन सम्पन्न गर्नका लागि सबै अधिकार पार्टी सचिव तथा लुम्बिनी ईन्चार्ज पद्मा अर्याललाई भएको बताउँदै दृढतापूर्वक अघि बढ्न आग्रह गरे । अर्याललाई निर्देशन गर्दै ओलीले भने,-‘फैसला दिनु पर्यो भने दृढतापूर्वक दिनुस, मनाउनुस ।’ प्रतिनिधिहरुलाई समेत ईन्चार्जको निर्देशन मान्नु पर्ने उनले बताए । उनले चुनावमा जाने अन्तिम अधिकार भने कायम रहेको बताए । ईन्चार्जले निर्देशन गरिसकेपछि प्रतिनिधिहरुले बिरोध गर्न नहुने ओलीको संकेत थियो ।

अध्यक्ष ओलीले पार्टी भित्र आम रुपमा आत्मकेन्द्रीत हुने प्रवृत्ति बढेको बताउँदै राष्ट्र केन्द्रित र जनता केन्द्रित हुन नेता कार्यकर्तालाई आग्रह गरे ।

ओलीले नेताहरुमा इगो रहेको स्वीकार गर्दै इगो त्याग्न समेत निर्देशन दिए । उनले नेकपा एमालेलाई अन्य पार्टी जस्तो ल्याङफ्याङ हुने छुट नभएको बताउँदै उनले इगो त्यागेर एकतावद्ध र सुदृढ हुनु पर्ने बताए ।

बन्द सत्रले वर्तमान प्रदेश कमिटी विघटन गरेर एमाले केन्द्रीय सचिव एवं लुम्बिनी इन्चार्ज पद्मा अर्यालको अध्यक्षमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्य सम्मिलित ९ सदस्यीय अध्यक्ष मण्डल बनाएको छ । अध्यक्ष मण्डलमा स्थायी कमिटी सदस्य कांशीराज अधिकारी, दलबहादुर राना, पुष्पराज कँडेल, पोलिटब्युरो सदस्य सूर्य थापा, नरुलाल चौधरी, शान्ता चौधरी, केन्द्रीय सदस्य सावित्रा अर्याल र सरिता खनाल रहेका छन् ।

अधिवेशनले यस अघि ५७६ सदस्यीय प्रदेश संगठन कमिटी रहेकोमा अधिवेशनले २०५ सदस्यीय कमिटी निर्वाचित गर्ने गर्ने छ । अधिवेशनमा पाल्पाका राधाकृष्ण कँडेल र प्यूठानका हरि रिजाल अध्यक्षका आकांक्षी देखिएका छन् ।

प्रकाशित मिति : १७ भदौ २०८०, आइतबार  १२ : ०९ बजे

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता

गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’

गुल्मी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर आज