१ आश्विन २०८३, बिहिबार | September 17, 2026

एनएमबि बैंकका ग्राहकलाइ होटल पौवामा २० प्रतिशत सम्म छुट



बुटवल । एनएमबि बैंक लिमिटेड र होटल पौवा बीच एक सम्झौता भएको छ । सम्झौता अनुसार एनएमबि बैंक लिमिटेडका कर्मचारी एवं ग्राहकले होटल पौवाबाट प्रदान गरिएको सेवामा २० प्रतिशत सम्म छुट पाउने भएका छ्न् ।

सम्झौता अनुसार एनएमबि बैंकका ग्राहकले होटल पौवाबाट फुड एण्ड वेवरेज आइटममा १० प्रतिशत तथा स्विमिङ्ग र बोटिङ्गमा २० प्रतिशत छुट पाउनेछन् । सम्झौतामा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र होटल पौवाका म्यानेजिङ्ग डाइरेक्टर बिष्णु ज्ञवालीले हस्ताक्षर गरेका छन ।

एनएमबि बैंक लिमिटेडका क्षेत्रीय प्रबन्धक प्रभात सिंह खाती, देविनगर शाखा प्रबन्धक निरज श्रेष्ठ एवं होटल पौवाका चिफ ब्राण्डिङ्ग अफिसर बिष्णु भण्डारीको उपस्थितिमा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र होटल पौवाका म्यानेजिङ्ग डाइरेक्टर बिष्णु ज्ञवालीले एक कार्यक्रम बीच उक्त हस्ताक्षरित सम्झौता आदानप्रदान गरेका थिए । यो सम्झौता एक वर्षको लागि हुनेछ र दुई पक्षको आपसी सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिने उल्लेख गरिएको छ ।

सम्झौताले एनएमबि बैंक लिमिटेडका सम्पूर्ण स्टाफ एवं एनएमबि बैंक लिमिटेडमा खाता खोलेका सबै ग्राहकवर्ग लाभान्वित हुने एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुलीले विस्वास व्यक्त गरे । छुट पाउनको लागि एनएमबि बैंक लिमिटेडको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ ।

यो छुट होटल पौवाका सबै शाखामा लागु हुने पौवाका चिफ ब्राण्डिङ्ग अफिसर बिष्णु भण्डारीले जानकारी दिए ।

भुक्तानीको लागि एनएमबि बैंक लिमिटेडको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, आइपिस, क्यु आर कोडको अनिवार्य प्रयोग गर्नुपर्ने होटल पौवाका म्यानेजिङ्ग डाइरेक्टर बिष्णु ज्ञवालीले जानकारी दिए ।

 

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  ७ : ५६ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा