२६ मंसिर २०८२, शुक्रबार | December 13, 2025

एमाले लुम्बिनी अधिवेशन : अध्यक्षका उम्मेद्वार रिजालको प्रतिनिधित्व नै अवैध ! 



बुटवल । नेकपा (एमाले) को बुटवलमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हरि रिजालको वैधानिकतामाथि नै प्रश्न उठेको छ । प्यूठानको नौबहिनी गाउँपालिका वडा नम्बर -६ का रिजालको लुम्बिनी प्रदेशमा संगठित सदस्यता नै नरहेको कुरा बाहिरिएपछि उनको प्रतिनिधित्वमा समेत पश्न उठेको हो ।

जारी अधिवेशनमा निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेलसँगै  चुनाव लड्ने तयारी गरेका रिजालको काठमाडौंमा संगठित सदस्यता सारेको हुँदा उनको प्रतिनिधित्व अवैध भएको तथा उम्मेदवारी स्वतहः खारेज हुने एमाले नेताहरु बताउँछन् ।

यद्यपि रिजाललाई वैधानिक कायम गर्न नेताहरुले सिफारिस तयार पार्ने तयारी भएको स्रोतले बताएको छ । दुई पक्ष बीच सहमतिका लागि लामो प्रयास गर्दा पनि टुङ्गो नलागेपछि दुबै जनाले आइतबार उम्मेदवारी दर्ता गराएका थिए ।

रिजालको सङ्गठित सदस्य सङ्ख्या १७५१ नम्बर लुम्बिनी प्रदेशमा रहेको छैन । रिजालले आइतबार दर्ता गराएको १०१ नम्बरमा अध्यक्ष पदको उम्मेदवारी खारेज हुने देखिएको हो ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका गरी १००४ प्रतिनिधिहरु सहभागी छन् ।

अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ । सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दांङबाट १३१, बाँकबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् । त्यस्तै जनसंगठनबाट ८३ गरी जम्मा १००४ जना प्रतिनिधि छनोट भएका एमाले प्रचार प्रसार विभाग प्रमुख डिआर घिमिरेले बताए ।

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  १ : ०९ बजे

निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

एमालेको ११ औँ महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको तयारी पूरा

‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’

काठमाडौँ । सौन्दर्य व्यवसाय महिलाको सुन्दरतासँग मात्र नभइ उनीहरूको अर्थोपार्जनसँग

उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । उपरथीमा विशेष बढुवा भएका लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधानसेनापति