२२ भदौ २०८३, सोमबार | September 7, 2026

एमाले लुम्बिनी अधिवेशन : अध्यक्ष पदका उम्मेदवार रिजालको उम्मेदवारी स्वतः खारेज हुनुपर्ने माग गर्दै उजुरी दर्ता



बुटवल । नेकपा (एमाले) को बुटवलमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हरि रिजालको संगठित सदस्यतामा विवाद उत्पन्न भएको छ ।

रिजाल प्यूठानको नौबहिनी गाउँपालिका वडा नम्बर ६ बाट प्रतिनिधि भएर अध्यक्षमा उम्मेदवार दिएका थिए । तर रिजालको संगठित सदस्यता लुम्बिनी प्रदेशममै नरहेको बताउँदै एक प्रतिनिधित्माले निर्वाचन समितिमा उजुरी दिएका छन् ।

उनको उजुरी निर्वाचन समितिले दर्ता गरेको छ । जारी अधिवेशनमा निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेलसँगै चुनाव लड्ने तयारी गरेका रिजालले काठमाडौंमा संगठित सदस्यता सारेको हुँदा उनको प्रतिनिधित्व अवैध भएको र उम्मेदवारी स्वतः खारेज हुनुपर्ने उजुरीमा उल्लेख छ ।

रिजालको सङ्गठित सदस्य सङ्ख्या १७५१ नम्बर लुम्बिनी प्रदेशमा नरहेको एमाले प्रदेश कार्यालयले जनाएको छ ।
रिजालले आइतबार दर्ता गराएको १०१ नम्बरमा अध्यक्ष पदको उम्मेदवारी खारेज हुने देखिएको हो ।

निर्वाचन मण्डलले भने रिजालविरुद्ध परेको उजुरी दर्ता गरिनसकेको तर यसबारे ध्यानाकर्षण भई पार्टी केन्द्रीय कार्यालयसंग के गर्ने भन्ने विषयमा कुराकानी भएको निर्वाचन समितिका एक सदस्यले बताए ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका गरी १००४ प्रतिनिधिहरु सहभागी छन् ।

अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ । सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दांङबाट १३१, बाँकबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् । त्यस्तै जनसंगठनबाट ८३ गरी जम्मा १००४ जना प्रतिनिधि छनोट भएका छन ।

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  १ : ५८ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११