२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बाँकेमा विद्युत् हुकिङ गरेर चोरी, डेढ महिनामा हुकिङ गर्ने ७ जना पक्राउ



नेपालगन्ज । बाँकेमा प्रत्यक्ष रुपमा विद्युत् हुकिङ गरेर विद्युत्को चोरी भएको छ । त्यसबाहेक मिटरबाट समेत विद्युत् चोरी भएको नेपाल विद्युत् प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रले जनाएको छ ।

जिल्लाका नेपालगन्ज–४, जयसपुर, हिरीमिनिया, कम्दी, डुडुवालगायत क्षेत्रबाट विद्युत्को हुकिङ गरेर विद्युत् चोरी भएको नेपालगन्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले जानकारी दिए ।

आर्थिक वर्ष २०८०र८१ को साउनदेखि हालसम्म सात जनालाई पक्राउ गरिएको जानकारी दिँदै उनले छड्के निरीक्षणका क्रममा विद्युत् चोरी भएको पाइएको बताए । अवैध रुपमा विद्युत् चोरी गरेकाहरूबाट रु दुई लाख ९३ हजार पाँच सय ४६ राजस्वसमेत सङ्कलन भएको वितरण केन्द्रले जानकारी दिएको छ ।

आव २०७९र८० मा पनि डुडुवा, हिरीमिनिया, खजुराको सी गाउँ लगायतका ठाउँबाट विद्युत् चोरी भएको थियो । उक्त विद्युत् चोरी भएका क्षेत्रबाट करिब रु दुई लाख २० हजार राजस्व सङ्कलन भएको वितरण केन्द्रले उल्लेख गरेको छ ।

वितरण केन्द्रका प्रमुख प्याकुरेलले पछिल्लो समय विद्युत् चोरीको घटनामा कमी आएको उल्लेख गर्दै चोरी हुने क्षेत्रमा निगरानी बढाइएको जानकारी दिए । उनले तरकारीको पकेट क्षेत्रमा विद्युत्का लागि मिटरको माग बढी रहेको र सबै वडामा विद्युत् विस्तार भएर पनि बजार र बाटो साँघुरो भएका कारण ट्रान्सफर्मर राख्ने स्थानको अभाव भएको बताए ।

“टोलटोलमा ट्रान्सफर्मर राख्ने अवस्था आएको छ, तर पोललाई आड लगाउने स्थान पनि छैन”, उनले भने । त्यस्तै विद्युत् प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रमा अहिलेसम्म रु ४४ करोड २५ लाख ४३ हजार एक सय ३७ बक्यौता रहेको छ । सो बक्यौतामध्ये सबैभन्दा बढी सडक बत्तीको रु १८ करोड ६८ लाख ९९ हजार नौ सय ६४ रहेको छ ।

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  ९ : २८ बजे

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

माइतीघरमा महिलाले गरिन् आत्मदाहको प्रयास, वीर अस्पताल लगियो

काठमाडौं । काठमाडौंको माइतीघरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास