२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बाँकेमा विद्युत् हुकिङ गरेर चोरी, डेढ महिनामा हुकिङ गर्ने ७ जना पक्राउ



नेपालगन्ज । बाँकेमा प्रत्यक्ष रुपमा विद्युत् हुकिङ गरेर विद्युत्को चोरी भएको छ । त्यसबाहेक मिटरबाट समेत विद्युत् चोरी भएको नेपाल विद्युत् प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रले जनाएको छ ।

जिल्लाका नेपालगन्ज–४, जयसपुर, हिरीमिनिया, कम्दी, डुडुवालगायत क्षेत्रबाट विद्युत्को हुकिङ गरेर विद्युत् चोरी भएको नेपालगन्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले जानकारी दिए ।

आर्थिक वर्ष २०८०र८१ को साउनदेखि हालसम्म सात जनालाई पक्राउ गरिएको जानकारी दिँदै उनले छड्के निरीक्षणका क्रममा विद्युत् चोरी भएको पाइएको बताए । अवैध रुपमा विद्युत् चोरी गरेकाहरूबाट रु दुई लाख ९३ हजार पाँच सय ४६ राजस्वसमेत सङ्कलन भएको वितरण केन्द्रले जानकारी दिएको छ ।

आव २०७९र८० मा पनि डुडुवा, हिरीमिनिया, खजुराको सी गाउँ लगायतका ठाउँबाट विद्युत् चोरी भएको थियो । उक्त विद्युत् चोरी भएका क्षेत्रबाट करिब रु दुई लाख २० हजार राजस्व सङ्कलन भएको वितरण केन्द्रले उल्लेख गरेको छ ।

वितरण केन्द्रका प्रमुख प्याकुरेलले पछिल्लो समय विद्युत् चोरीको घटनामा कमी आएको उल्लेख गर्दै चोरी हुने क्षेत्रमा निगरानी बढाइएको जानकारी दिए । उनले तरकारीको पकेट क्षेत्रमा विद्युत्का लागि मिटरको माग बढी रहेको र सबै वडामा विद्युत् विस्तार भएर पनि बजार र बाटो साँघुरो भएका कारण ट्रान्सफर्मर राख्ने स्थानको अभाव भएको बताए ।

“टोलटोलमा ट्रान्सफर्मर राख्ने अवस्था आएको छ, तर पोललाई आड लगाउने स्थान पनि छैन”, उनले भने । त्यस्तै विद्युत् प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रमा अहिलेसम्म रु ४४ करोड २५ लाख ४३ हजार एक सय ३७ बक्यौता रहेको छ । सो बक्यौतामध्ये सबैभन्दा बढी सडक बत्तीको रु १८ करोड ६८ लाख ९९ हजार नौ सय ६४ रहेको छ ।

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  ९ : २८ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ