२७ बैशाख २०८१, बिहिबार | May 10, 2024

एसिया कप क्रिकेट : नेपाल र भारतको खेल वर्षाका कारण पुनः अवरुद्ध



काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतमा नेपाल र भारतबीचको खेल वर्षाका कारण पुनः अवरुद्ध भएको छ ।

नेपालले दिएको दुई सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा पानी परेपछि खेल रोकिएको हो । श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले दुई दशमलव एक ओभरमा १७ रन बनाउँदा पानी परेपछि खेल अवरुद्ध भएको हो ।

भारतले ब्याटिङ गर्ने क्रममा शुभमन गिल छ बलमा तीन चौकासहित १२ रनमा क्रिजमा छन् भने रोहित शर्मा सात बलमा एक चौकासहित चार रनमा क्रिजमा रहेका छन् । यसअघि नेपालले ब्याटिङ गर्दा वर्षाका कारण खेल करिब ४५ मिनेट रोकिएको थियो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४८ दशलव दुई ओभरमा सबै विकेट गुमाउँदै दुई सय ३० रन बनाएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ९ : ३४ बजे

माछापुच्छ्रे बैंकले दियो दुर्गमको सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर

काठमाडौं । माछापुच्छ्रे बैंकले दुर्गम क्षेत्रको बिद्यार्थीहरुको सूचना प्रविधिको शिक्षालाई

बैंकिङ कसुर मुद्दामा फरार खजुराकी अनु पक्राउ

नेपालगन्ज । फरार अभियुक्त पक्राउलाई तिब्र पारेको बाँके प्रहरीले बैंकिङ

संविधानले आकार नै लिनसकेको छैन, बरु थप गिजोलिँदै गएको छ, समीक्षा र सुधार जरुरी छ : पूर्व सभामुख ढुङ्गाना

काठमाडौं । पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुङ्गानाले संविधानमा रहेका कमजोरीको

पतिको हत्या अभियोगमा पत्नी पक्राउ

दाङ । उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको