२३ माघ २०८२, शुक्रबार | February 6, 2026

एमाले लुम्बिनी अधिवेशन : नयाँ नेतृत्व चयनका मतदान जारी (फोटो फिचर)



बुटवल । नेकपा एमालेको बुटवलमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मतदान भैरहेको छ ।

भदौं १६ गतेदेखि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्रमा जारी अधिवेशन अन्तरगत अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल बीच प्रतिस्पर्धा हुन लागेको हो ।

बिहान पौने ९ बजेदेखि सुरु भएको मतदान दिउँसो १ बजेसम्म मात्रै हुने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले बताए। कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका हुन् ।

लुम्बिनीमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पूजन विश्वकर्माको उम्मेदवारी परेको छ ।

उपसचिव खुलामा ४ र महिलामा ३ जनाको उम्मेदवारी छ । उनीहरू रुकुम पूर्वका उपेन्द्रलाल कामी, बाँकेका दुर्गाप्रसाद थारू चौधरी, रोल्पाका पूर्ण बुढामगर र गुल्मीका हिरा एसी रहेका छन ।

यस्तै, महिला उपसचिवमा बाँकेकी आरती पौडेल, बसन्ती अधिकारी र बर्दियाकी लिला रानामगरको उम्मेदवारी रहेको छ । सचिवमा लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन् ।

फोटो फिचर

प्रकाशित मिति : १९ भदौ २०८०, मंगलबार  ९ : ०४ बजे

रुपन्देहीका निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालन, नियमनमा कमजोरी

सिद्धार्थनगर । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस