२२ मंसिर २०८२, सोमबार | December 8, 2025

नेपालको विद्युत वेच्न भारतको कुरा सुन्नुपर्ने बाध्यता छ : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीहरुले निष्पक्ष रुपमा काम गर्नुपर्ने बताएका छ्न ।

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका सन्दर्भमा आज ‘कर्मचारी’ पुस्तकको विमोचन कार्यक्रममा देउवाले कर्मचारीले व्यक्तिगत रुपमा विचार जुनसुकै अपनाए पनि सरकारको कुरा मान्नुपर्ने बताए ।

सभापति देउवाले भने, “राजनीति र कर्मचारीतन्त्रबीचको द्वन्द्व विश्वमै हुने गरेको देखिन्छ, तर सन्तुलन कायम गरेर मिलाएर लैजानुपर्छ । निजामती कर्मचारी युनियन प्रजातान्त्रिक युनियन हो । अरूले आफ्नो पार्टीले जे भन्यो त्यही गर्ने गरेका छन्, हामीले त्यस्तो गर्नुपर्छ भन्ने छैन, निष्पक्ष काम गर्नुपर्छ, त्यही रुपमा अघि बढ्नुस् ।”

राजनीति र कर्मचारीतन्त्रबीच राम्रो सम्बन्ध हुनुपर्ने उल्लेख गर्दै सभापति देउवाले कर्मचारीतन्त्र नभई देश नचल्ने बताए । उनले कर्मचारीले सरकारको भनेको मान्नुपर्ने र कतिपय चित्त नबुझेका विषय भन्नुपर्ने बताए । राजनीति र कर्मचारीतन्त्रबीच आपसी समन्वय र सहयोग हुनुपर्ने सभापति देउवाको भनाइ थियो ।

फरक प्रसङ्गमा सभापति देउवाले नेपालमा जलविद्युत् उत्पादनको सम्भावना धेरै भएको उल्लेख गर्दै जलविद्युत् खरिदकर्ता छिमेकी मुलुक भारत भएकाले उसको कुरा सुन्नुपर्ने बाध्यता रहेको जिकिर गरे । उनले भने, “साथी बदल्न सकिन्छ, तर छिमेकी बदल्न सकिँदैन । तसर्थ चीन र भारत दुवै छिमेकीसँग राम्रो सम्बन्ध बनाइरहनु आवश्यक छ । सन्तुलन मिलाएर अघि बढ्नुपर्ने हुन्छ । यो हाम्रो आवश्यकता र बाध्यता हो, यसमा हाम्रो बुद्धिमता पनि छ ।”

कार्यक्रममा कांग्रेस नेता डा शेखर कोइरालाले राजनीति गर्ने सबैले कमर्चारी जुनसुकै आस्था र विचारका भए पनि स्थायी सरकार हो भन्ने बुझ्नुपर्ने उल्लेख गर्दै कर्मचारीलाई सेवासुविधा र वृत्तिविकासका विषयमा खुसी राख्न सकेमात्र सफलता प्राप्त हुने धारणा व्यक्त गरे । पार्टीले कर्मचारीको मनोबल उच्च राख्न आवश्यक सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं कांग्रेसका नेता रामहरि खतिवडाले निजामती सेवासम्बन्धी कानुन छिट्टै ल्याउन लागेको र यसमा सबैलाई समेट्ने प्रावधान हुने तथा एकाधिकारका प्रावधान नहुने स्पष्ट पार्नुभयो । उनले आवश्यक सुझावका लागि आग्रह गर्दै सुशासन कायम गराउन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कांग्रेस सहमहामन्त्री जीवन परियारले राजनीति गर्ने व्यक्ति ठीक भएमात्र कर्मचारीतन्त्र ठीक हुने र मुलुकमा सुशासन कायम गर्न पद्धति नै विकास गर्नुपर्ने बताए । युनियनका कार्यवाहक अध्यक्ष उत्तमकुमार कटुवालले कर्मचारीका समस्याका बारेमा अवगत गराउँदै कर्मचारीसँग सम्बन्धित आवश्यक कानुन यथाशीघ्र अघि बढाउनका लागि सहयोग गर्न आग्रह गरे ।

प्रकाशित मिति : १९ भदौ २०८०, मंगलबार  ३ : ५४ बजे

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन