५ पुस २०८२, शनिबार | December 20, 2025

एक महिनाभित्र कार्य सम्पन्न गर्न उपाध्यक्ष डा. लामाको निर्देशन



लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) ले लुम्बिनी गुरुयोजना क्षेत्रका निर्माणलाई एक महिनाभित्र सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।

सम्झौता अवधिभित्र सन्तोषजनक काम नभएपछि लुम्बिनी गुरुयोजना क्षेत्रका निर्माणधिन सडक, पार्किङ, गेट एंव विद्युत पोल र स्ट्रिक लाईटको बुधबार निरीक्षण एंव अनुगमनपछि उपाध्यक्ष डा. लामाले एक महिनाभित्र काम सम्पन्न गर्न निदेर्शन दिएका हुन ।

उपाध्यक्ष लामाले विश्वका बौद्धमार्गीहरुको आस्थाको केन्द्र लुम्बिनीको निर्माणधिन अधुरो सडकका कारण सास्ती पाएकाले हेलेचेक्रयाई नगर्न निर्माण कम्पनीलाई सचेत गराए ।

लुम्बिनी गुरुयोजना अन्तर्गत २ बर्षअघि ४४ किमि ड्रेन, १३ किमि सडक कालोपत्रै, १२ किमि सडक ब्लक, ८ वटा गेट र २२ सय पोल लगायतका स्ट्रिक लाईट निर्माणका लागि छुटाछुट्टै ४ निर्माण व्यवसायीले ठेक्का सम्झौता गरी काम गरीरहेका छन । तर, सम्झौताको म्याद सकिनै लाग्दा पनि निर्माण कार्य आधा पनि हुन नसेपछि उपाध्यक्ष डा.लामा आफै फिल्डमा गएर निमार्ण कार्यको अनुगमन गरेका हुन् ।

उपाध्यक्ष डा.लामाले निर्माण व्यवसायीलाई सचेत गराएको एक हप्ता पछि फिल्डमा गएर निमार्ण कार्यको अनुगमन तथा निरीक्षण गर्दा पनि काममा सुधार नभएपछि फिल्डबाटै निर्माण कम्पनीलाई फोन गरेर निर्देशन दिएका थिए । उपाध्यक्ष लामा सहित स्थलगत निरीक्षण एंव अनुगमनमा सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, कार्यकारिणी सदस्य नेत्र शाही, परिषद सदस्य गोपिकृष्ण शर्मा सहितको टोली गएको थियो ।

निर्माण व्यवसायीसँग पहिलो चरणको ठेक्का सम्झौता सकिनै लाग्दा पनि कामको गती नबढेकाले एक महिनाभित्र भौतिक प्रगती बढाउनुपर्ने र वाहनाबाजी गरेमा म्याद थप नगर्ने उपाध्यक्षले लामाले चेतावनी दिए । ‘यो पवित्र भूमि हो, बुद्धको जन्मस्थलमा पवित्र भावनाले काम गर्नुहोस्’ निर्माण व्यवसायीलाई भने -‘अब जेसुकै वाहना गरेपनि हामीले छोड्दैनौं, एक महिनाभित्र नतिजा ननिकाले कोषले अन्य कदम चाल्छ ।’

उनले काममा सुधार नगरे ठेक्का सम्झौता नै रद्ध गर्न सक्ने उपाध्यक्षले चेतावनी दिएका छन् । निर्माण कम्पनीहरुले तोकिएको समयमा काम नगरेको पाइएकाले कोषले सचेत गराएको सदस्य सचिव सानुराजा शाक्यले बताए । त्यस्तै योजना प्रमुख सरोज भट्टराईले कोषले यसअघि पनि पटक पटक सचेत गराएको र अहिले उपाध्यक्षले एक महिनाभित्र भौतिक प्रगती हासिल गर्ने गरी काम गर्न निर्माण व्यवसायीलाई निर्देशन भएकोे बताए । कोषका अनुसार ४ वटा निर्माण व्यवसायीमध्ये २ वटाले ५० देखि ५५ प्रतिशत र २ वटाको २८ प्रतिशत मात्रै भौतिक प्रगती देखिएको छ ।

ठेक्का सम्झौता लुम्बिनी अनक खड्का कृष्ण जेभी, लामा एपेक्स कमलजीत जेभी, रमन गजुरमुखी रामजानकी जेभी र खानी अर्घाखाँची बाबुल जेभीसँग लुम्बिनी विकास कोषले गुरुयोजनाअन्तर्गतका विभिन्न कामका लागि अलग–अलग ठेक्का सम्झौता गरेको थियो ।

प्रकाशित मिति : २० भदौ २०८०, बुधबार  ७ : ०० बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता