१६ बैशाख २०८१, आइतबार | April 28, 2024

संसदीय समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित, परराष्ट्रमन्त्रीले भने-‘एजेण्डा बनिसकेको छैन’



काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्रीको चीन भ्रमण बारे छलफल गर्न बोलाएको संसदीय समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित भएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा आसन्न चीन भ्रमणका एजेण्डाबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई बोलाइए पनि प्रधानमन्त्री प्रचण्ड अनुपस्थित भएका हुन् ।

प्रधानमन्त्रीको सट्टा बैठकमा परराष्ट्रमन्त्री एनपी साउद संसदीय समितिले बोलाएको बैठकमा उपस्थित भएर छलफल गरिरहेका छन् ।

बैठकमा बोल्दै परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको एजेन्डा अन्तिम चरणमा पुगिनसकेको बताएका छन् ।

उनले भ्रमणको ठूलो सूची बनाउने भन्दा पनि कार्यान्वयनमा जानसक्ने कामका प्रस्तावलाई प्राथमिकता दिने तयारी भैरहेको बताए । अर्थ मन्त्रालयमार्फत विभिन्न मन्त्रालयका प्रस्ताव आउने क्रम जारी रहेको उनले बताए ।

बैठकमा सहभागी पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भने – ‘प्रधानमन्त्री प्रचण्ड पनि बैठकमा उपस्थित भइदिएको भए समितिको गरिमा र महत्व बढ्ने थियो ।’

प्रधानमन्त्री प्रचण्ड आगामी अक्टुबर ४ तारिखमा न्यूयोर्क जाने, २२ तारिखसम्म न्यूयोर्कमा रहने र २३ तारिखमा चीन भ्रमणका लागि प्रस्थान गर्ने छन् ।

 

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार  १२ : ४१ बजे

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा

फाकफोकथुम गाउँपालिकाबाट इलाम-२ को मतगणना सुरु

इलाम । इलाम-२ मा मतगणना सुरु भएको छ । मुख्य

नेपाल र इण्डियन चेम्बर अफ कमर्सबीच आर्थिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इण्डियन चेम्बर अफ

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको

बझाङमा सर्वदलीय बैठकको तयारी

बझाङ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय