१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

संसदीय समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित, परराष्ट्रमन्त्रीले भने-‘एजेण्डा बनिसकेको छैन’



काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्रीको चीन भ्रमण बारे छलफल गर्न बोलाएको संसदीय समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित भएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा आसन्न चीन भ्रमणका एजेण्डाबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई बोलाइए पनि प्रधानमन्त्री प्रचण्ड अनुपस्थित भएका हुन् ।

प्रधानमन्त्रीको सट्टा बैठकमा परराष्ट्रमन्त्री एनपी साउद संसदीय समितिले बोलाएको बैठकमा उपस्थित भएर छलफल गरिरहेका छन् ।

बैठकमा बोल्दै परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको एजेन्डा अन्तिम चरणमा पुगिनसकेको बताएका छन् ।

उनले भ्रमणको ठूलो सूची बनाउने भन्दा पनि कार्यान्वयनमा जानसक्ने कामका प्रस्तावलाई प्राथमिकता दिने तयारी भैरहेको बताए । अर्थ मन्त्रालयमार्फत विभिन्न मन्त्रालयका प्रस्ताव आउने क्रम जारी रहेको उनले बताए ।

बैठकमा सहभागी पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भने – ‘प्रधानमन्त्री प्रचण्ड पनि बैठकमा उपस्थित भइदिएको भए समितिको गरिमा र महत्व बढ्ने थियो ।’

प्रधानमन्त्री प्रचण्ड आगामी अक्टुबर ४ तारिखमा न्यूयोर्क जाने, २२ तारिखसम्म न्यूयोर्कमा रहने र २३ तारिखमा चीन भ्रमणका लागि प्रस्थान गर्ने छन् ।

 

प्रकाशित मिति : २१ भदौ २०८०, बिहिबार  १२ : ४१ बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि