१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग राप्रपाको सम्बन्ध छैन : धवलशमशेर राणा



काठमाडौं । राप्रपाकाक महामन्त्री धवलशमशेर राणाले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग आफ्नो पार्टीको कुनै सम्बन्ध नभएको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले बुधबार भएको यादवमाथिको आक्रमणमा संलग्न व्यक्तिको आफ्नो पार्टी राप्रपासँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् ।

यादवमाथि आक्रमण गर्ने व्यक्तिलाई लिएर राप्रपामाथि आक्षेप लगाउने प्रयास भइरहेको भन्दै उनले राप्रपाले हिंसाको राजनीतिमा विश्वास नगर्ने बताए ।

यादवमाथि आक्रमण गर्ने व्यक्तिमाथि कारबाही गर्न माग गर्दै उनले भने, ‘आक्रमणपछि उहाँले राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा र एमसीसीको विरुद्धमा नारा लगाए । महेन्द्रजीले बोल्दा पनि उहाँले विरोध जनाइराख्नुभएको थियो । त्यो घटनाप्रति दुःख व्यक्त गर्छौं । त्यो व्यक्ति हाम्रो पार्टीमा कुनै पनि हिसाबले संलग्न थिएनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी हिंसाको राजनीतिमा न विश्वास गरेकोथ्यो न त आउने दिनमा गर्छ । यो विषय प्रस्ट होस् ।’

प्रकाशित मिति : २१ भदौ २०८०, बिहिबार  २ : २३ बजे

रौतहटमा पुनः कर्फ्यु कडाइका साथ लागू, झडपमा संलग्न २० जना पक्राउ

काठमाडौं । रौतहट जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ८:३० बजेदेखि

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

गुल्मी । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान

मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आज

सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ

कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

भोजपुर । जिल्लामा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ