२६ असार २०८३, शुक्रबार | July 10, 2026

निजामती सेवा दिवसको अवसरमा कैयौं कर्मचारी पुरस्कृत



काठमाडौं । सरकारले २०औँ निजामती सेवा दिवसका अवसरमा निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
बीसौँ निजामती सेवा दिवसको अवसरमा मूल समारोह समितिद्वारा यहाँ आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस वर्षको उत्कृष्ट निजामती सेवा पुरस्कार धनकुटा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमसहित १० जनालाई प्रदान गरे ।
सोही पुरस्कार सहसचिव बुद्धिबहादुर गुरुङ, उपसचिव कविन्द्र नेपाल, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का, उपसचिव रामप्रसाद लम्साल, राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथलीका निर्देशक ढुण्डीराम लामिछाने, मालमोत अधिकृत चन्द्रप्रसाद मिश्र, कम्प्युटर अधिकृत सुनिलकुमार केसी, कोष तथा लेखा नियन्त्रणक कार्यालय मुगुका कोष नियन्त्रक लक्ष्मीकृष्ण हमाल र नायब सुब्बा शुभलक्ष्मी लामालाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु एक लाख छ ।
त्यसैगरी ५० हजार राशिको निजामती सेवा पुरस्कार कान्ति बाल अस्पतालका प्रमुख अस्पताल नर्सिङ प्रशासक रोशनी लक्ष्मी तुइतुइ, उपसचिव डा डमरुबल्लभ पौडेल, उपसचिव चुडाराम सापकोटा, इन्जिनियर किशोर पन्थी र शाखा अधिकृत नवराज तामाङ ब्लोनसहित ३० जना निजामती कर्मचारीलाई प्रदान गरिएको छ ।
त्यसैगरी गत वर्षको उत्कृष्ट निजामती सेवा पुरस्कार उपसचिवहरु दीपकप्रसाद खतिवडा, हरिप्रसाद ज्ञवाली, मुना शर्मा, शोभाखर रेग्मी, सन्तोष पौडेल, लिलाकान्त पौडेल र शान्तिबहादुर बस्नेतसहित १० जनालाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु एक लाख रहेको छ । त्यसैगरी गत वर्षको उत्कृष्ट कर्मचारी पुरस्कार ३० जना कर्मचारीलाई प्रदान गरिएको छ ।
‘व्यावसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ यो दिवस आज देशैभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो । विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर निजामती दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति : २२ भदौ २०८०, शुक्रबार  १ : १७ बजे

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा

माकलबारीमा अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी