२० असार २०८३, शनिबार | July 4, 2026

दीपमा तीजगीत तथा नृत्य प्रतियोगिता



बुटवल दीप बोर्डिङ हाई स्कुलमा शुक्रबार तीजगीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

बेबी किराँतको संयोजकत्वमा सम्पन्न प्रतियोगिता मध्ये कक्षा ५, ६ र ७ मा भएको प्रतियोगितामा सगरमाथा सदन प्रथम, अन्नपूर्ण सदन द्वितीय र कञ्चनजङ्घा सदन तृतीय भएका छन् भने कक्षा ८, ९, १०, ११ र १२ मा भएको प्रतियोगितामा अन्नपूर्ण सदन प्रथम, कञ्चनजङ्घा द्वितीय र कक्षा १२ व्यवस्थापन सङ्कायको समूह तृतीय भएका छन् ।

विद्यालयका प्राचार्य टीकाराम न्यौपानेको अध्यक्षता, बुटवल उपमहानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष यज्ञप्रसाद पङ्गेनी, सदस्य सीता खनाल र सबिता वि.क तथा वडा सचिव सुन्दरी आचार्य, उपप्रचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्यको आतिथ्यतामा सम्पन्न कार्यक्रममा किशोर थापा, विजया थापा र विपिन ढकालले निर्णायकको भूमिका निर्वाह गरेका थिए भने कार्यक्रमको सञ्चालन विजय सापकोटा र बेबी किराँतले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा शिक्षक, शिक्षिका, विद्यालय प्रशासन र व्यवस्थापन समितिका सदस्यहरूले तीजगीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २२ भदौ २०८०, शुक्रबार  ५ : ३९ बजे

प्रचण्ड-माधव बुटवलमा, लुम्बिनी प्रदेश प्रशिक्षणमा सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

इरानद्वारा दिवङ्गत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु

तेहरान । इरानले शनिबार बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली

सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

नेपालगन्ज । सिँचाइ अभाव हुँदा अकाशे पानीको भरमा बाँकेमा १८

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

बागलुङ । मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढेसँगै

कर्णाली नदी दुर्घटनामा बेपत्ता गाडी खोजीमा गोताखोर टोली परिचालन

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली नदीमा खसेको