१७ बैशाख २०८१, सोमबार | April 29, 2024

मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या २ हजार नाघ्यो



मोरक्को। गत शुक्रबार राति गएको भूकम्पमा मृत्यु हुनेको संख्या २००० नाघेको छ ।

भूकम्पले मोरक्कोमा ठूलो क्षति पुर्‍याएको छ, जसबाट मोरक्कोलाई पुनः प्राप्ति हुन लामो समय लाग्नेछ।

अमेरिकी भूगर्भ सर्वेक्षणको रिपोर्ट अनुसार मोरक्कोमा ६।८ म्याग्निच्युडको भूकम्प गएको हो । यस भूकम्पको केन्द्रबिन्दु माराकेशबाट ७२ किलोमिटर दक्षिणपश्चिममा थियो। मोरक्को सरकारले भूकम्पमा हालसम्म २०१२ जनाको मृत्यु भएको र २०५९ जना घाइते भएको बताएको छ ।

जसमध्ये १ हजार ४ सय ४ जनाको अवस्था गम्भीर छ । यस्तो अवस्थामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

मोरक्कोको कासाब्लान्का र रबात सहरहरूमा पनि शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको मानिसहरूले बताएका छन्। एकजना वृद्ध महिलाले आफूहरू सुतिरहेका बेला अचानक ढोका ढल्किएको आवाज सुनेको बताइन् । यो देखेर उनी डराए र तुरुन्तै घरबाट भागिन् ।

उत्तर अफ्रिकी देश मोरक्कोमा विगत १२० वर्षमा यो सबैभन्दा शक्तिशाली भूकम्प भएको बताइएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ९ : २१ बजे

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी

काठमाडौं । चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण

न्याय सम्पादन गर्दा मातृभाषाको प्रयोग हुनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।