१८ पुस २०८२, शुक्रबार | January 2, 2026

स्वर्गीय नेम्वाङको अन्तिम संस्कार मुन्धुम संस्कृति अनुसार हुने



काठमाडौैं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरको मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर अन्तिम संस्कार गरिने भएको छ । परम्परागत रिती अनुसार नेम्वाङको मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

राई, याख्खा, लिम्बु, सुनुवार अर्थात ‘किरात’ समुदायले सदियौं अघि खोज र विकास गरेको ज्ञान र सौन्दर्यको खाधारमा मनाइने संस्कृति नै मुन्धुम संस्कृति हो । ब्रम्हान्डको सृष्टिदेखि मानवको क्रमविकाससँगै लिम्बुजातिको सामाजिक विकासको सजीव इतिहास मुन्धुमलाई लिम्बू समुदायको साझा अनुभवबाट सिद्ध परम्परागत र मौखिक दस्तावेज मानिन्छ ।

मुन्धुम वाचन गर्न पोख्त व्यक्ति अर्थात पुरोहित दैवी शक्तिले युक्त हुन्छन् भनिन्छ । पुरोहितलाई लिम्बुले फेदाङ्बा, साम्बा, राईले नछुङ, याख्खाले माड्बा र सुनुवारले फुम्बु आदि नामले पुकारिन्छन् । उनीहरुले नै मुन्धुम विधी अनुरुप कर्मकाण्ड गराउँछन् ।

त्यस अघि नेम्वाङको पार्थिव शरीरआज दिनभरि च्यासलस्थित पार्टी कार्यालयमा राखिनेछ ।

गए राती हृदयघातबाट निधन भएको नेम्वाङ पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि एमाले केन्द्रिय कार्यालय च्यासल, ललितपुरमा राखिने भएको हो ।

हिजो दिनभर ज्वरो आए पछि घरमा नै आराम गरिरहेका नेम्वाङको राती १ बजे निधन भएको थियो । संविधानसभा अध्यक्ष नेम्वाङको अन्तिम संस्कार भने हाल अष्ट्रेलियामा रहेका छोरा स्वदेश फर्के पछि मात्रै गरिनेछ ।

 

 

प्रकाशित मिति : २६ भदौ २०८०, मंगलबार  ८ : ३५ बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको अवलोकन गरेकी छन्

कांग्रेसको महाधिवेशन २०८३ वैशाखमा प्रस्ताव, कार्यवाहक सभापति खड्काद्वारा विस्तृत कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५

रसुवागढीस्थित पुल सञ्चालनमा आएसँगै चिनियाँ समान ढुवानी सहज

रसुवा । रसुवागढीस्थित मितेरी पुल बगेको करिब छ महिनापछि सोही

स्व. ईश्वरी प्रसाद ज्ञवालीको स्मृतिमा दोस्रो राधाकृष्ण फुटसल प्रतियोगिता

बुटवल । स्व. ईश्वरी प्रसाद ज्ञवालीको स्मृतिमा मुख्य प्रायोजन गरेको