१२ पुस २०८२, शनिबार | December 28, 2025

नेम्वाङको निधनले पार्टी र राष्ट्रलाई अपुरणीय क्षतिः पुर्व राष्ट्रपति भण्डारी



काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताएकी छन् ।

नेम्वाङलाई मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वकारी गुण भएको व्यक्तित्वका रूपमा स्मरण गर्दै पूर्व राष्ट्रपति भण्डारीभावपुर्ण श्रदाञ्जली ब्यक्तसमेत गरेकी छन् ।

नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध भएको पूर्व राष्ट्रपति भण्डारीले  सामाजिक सञ्जालमा लेखेकी छिन । ‘मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेकपा एमालेका उपाध्यक्ष श्री सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध भएको छु’ उनले लेखेकी छिन, ‘म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यस दुःखद घडीमा शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु, उहाँको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ ।’

एमाले उपाध्यक्ष नेम्वाङको गए राती हृदयघातवाट निधन भएको थियो ।

प्रकाशित मिति : २६ भदौ २०८०, मंगलबार  ९ : ३७ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका