३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

वार्षिक साधारणसभा घोषणा गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे बैंक



काठमाडौ । माछापुच्छ्रे बैंकले आगामी असोज १८ गते बिहीबारका दिन वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । बैंकले चालू आ.व. २०७९/८० मा साधारण सभा घोषणा गर्ने पहिलो बैंक बनेको हो ।

बैंकको शेयरधनीहरुलाई गत आ.व.को मुनाफबाट रु. १,३६,४२,०१,६९२—(चुक्तापूँजीको १३.३० प्रतिशत) बोनस शेयर र रु. ७,१८,००,०८९(चुक्तापूँजीको ०.७० प्रतिशत) नगद लाभांश कर प्रयोजनको लागि गरेर जम्मा कर सहित १४ प्रतिशत लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृत प्रदान गरे संगै मिति २०८०/०५/२६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उपरोक्त मितिमा वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त लाभांश बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण हुनेछ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८५ पैसा कायम गरेको थियो । बैंकको चुक्तापूँजी १० अर्ब २५ करोड रुपैया तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैया संचित छ ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति : २६ भदौ २०८०, मंगलबार  ८ : ३२ बजे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका