७ आश्विन २०८३, बुधबार | September 23, 2026

२४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन



काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि पहिलोपटक उत्तर कोरिया पुगेका छन् । पुटिनलाई उत्तर कोरियामा राजधानी प्योङयाङमा भव्य स्वागत गरिएको छ ।

पुटिन र उत्तर कोरियाका शासक किम जोङ उनबीच उच्च स्तरीय भेटवार्ता हुने बताइएको छ ।

गत वर्ष सेप्टेम्बरमा रुसी सहर भ्लादिभोस्टोकमा पनि दुवै नेताबीच भेट भएको थियो । सन् २००० पछि पुटिनले उत्तर कोरियाको भ्रमण गरेको यो पहिलो पटक हो ।

क्रेमलिनले पुटिनको यस भ्रमणलाई मैत्रीपूर्ण भ्रमण भनेको छ भने रूसी मिडियाले पुटिन र किम जोङ उनले सुरक्षाका मुद्दाहरू सहित साझेदारी सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना रहेको र दुई नेताहरूले संयुक्त वक्तव्य दिने बताएका छन् ।

पुटिनले प्योङयाङको अर्थोडक्स चर्च अफ द लाइफ गिभिङ ट्रिनिटीको भ्रमण गर्न सक्ने बताइएको छ ।

रिपोर्टमा पुटिन प्योङयाङको कुमसुसन गेस्टहाउसमा बस्नेछन्, जहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङले २०१९ मा उत्तर कोरियाको राजकीय भ्रमणको क्रममा बसेका थिए ।

पुटिनले आफ्ना नयाँ रक्षामन्त्री आन्द्रेई बेलोसोफसँग यात्रा गर्ने अपेक्षा गरिएको छ, जबकि विदेशमन्त्री सर्गेई लाभरोभ र उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाक पनि साथको प्रतिनिधिमण्डलको हिस्सा हुनेछन् ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ११ : ३४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज