१७ बैशाख २०८२, बुधबार | April 30, 2025

२४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन



काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि पहिलोपटक उत्तर कोरिया पुगेका छन् । पुटिनलाई उत्तर कोरियामा राजधानी प्योङयाङमा भव्य स्वागत गरिएको छ ।

पुटिन र उत्तर कोरियाका शासक किम जोङ उनबीच उच्च स्तरीय भेटवार्ता हुने बताइएको छ ।

गत वर्ष सेप्टेम्बरमा रुसी सहर भ्लादिभोस्टोकमा पनि दुवै नेताबीच भेट भएको थियो । सन् २००० पछि पुटिनले उत्तर कोरियाको भ्रमण गरेको यो पहिलो पटक हो ।

क्रेमलिनले पुटिनको यस भ्रमणलाई मैत्रीपूर्ण भ्रमण भनेको छ भने रूसी मिडियाले पुटिन र किम जोङ उनले सुरक्षाका मुद्दाहरू सहित साझेदारी सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना रहेको र दुई नेताहरूले संयुक्त वक्तव्य दिने बताएका छन् ।

पुटिनले प्योङयाङको अर्थोडक्स चर्च अफ द लाइफ गिभिङ ट्रिनिटीको भ्रमण गर्न सक्ने बताइएको छ ।

रिपोर्टमा पुटिन प्योङयाङको कुमसुसन गेस्टहाउसमा बस्नेछन्, जहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङले २०१९ मा उत्तर कोरियाको राजकीय भ्रमणको क्रममा बसेका थिए ।

पुटिनले आफ्ना नयाँ रक्षामन्त्री आन्द्रेई बेलोसोफसँग यात्रा गर्ने अपेक्षा गरिएको छ, जबकि विदेशमन्त्री सर्गेई लाभरोभ र उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाक पनि साथको प्रतिनिधिमण्डलको हिस्सा हुनेछन् ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ११ : ३४ बजे

शिक्षक महासंघ र सरकारबीच सहमति, सहमतिको निर्णय भने मन्त्रिपरिषद बैठकपछि सार्वजनिक गरिने

काठमाडौँ । शिक्षक महासंघका पदाधिकारी र शिक्षामन्त्रीबीच महासंघले उठाएको माग

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार, कान्छाराम तामाङको स्थानमा खमबहादुर गर्बुजा राज्यमन्त्री नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बिस्तार गरेका छन्

माधव नेपाल जम्बो टोली सहित बालुवाटारमा, संविधानको पुनरावलोकनका लागि सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा एकीकृत समाजवादीले मुलुकको

यथार्थ धरातलमा टेकेर प्रदेशले बजेट ल्याउछ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा

काठमाडौं । आज दिउँसो पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी (नाउपा)