७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपाल पुनर्बिमा कम्पनीको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक



काठमाडौ। नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक वर्षको तेस्रा त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म आइपुग्दा निर्जीवन बिमा व्यवसायतर्फ खुद नाफा घटेको छ भने जीवन बिमातर्फ नाफा विस्तार भएको छ । अघिल्लो वर्ष ६० करोड २१ लाख १७ हजार रुपैयाँ रहेको निर्जीवन बिमा व्यवसायतर्फको खुद नाफा गत वर्ष ५२ करोड ९० लाख ५२ हजार रुपैयाँमा सीमित भएको छ ।

यता, अघिल्लो वर्ष यसैअवधिमा जीवन बिमा व्यवसायतर्फ २ करोड ९७ लाख ३१ हजार रुपैयाँ नोक्सानमा रहेकोमा गत वर्ष चैतसम्ममा ६ करोड ७१ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्ष चैत ममसान्तसम्म यस कम्पनीले निर्जीवन व्यवसायबाट २ अर्ब ७९ करोड ८२ लाख ३४ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ अर्ब ५३ करोड ९९ लाख ४७ हजार रुपैयाँ निर्जीवन व्यवसायबाट खुद बिमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै गत वर्षको तेस्रो त्रैमाससम्ममा जीवन बिमा व्यवसायबाट १ अर्ब ४६ करोड ८७ लाख ९८ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा जीवन बिमा व्यवसायबाट १ अर्ब ३२ करोड ९० लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिसम्म पुनर्बिमा कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । गत वर्षको चैत मसान्तसम्म यस कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ४ अर्ब ७८ करोड ६५ लाख ६० हजार रुपैयाँ र जीवन बिमातर्फ ६० करोड २५ लाख २१ हजार रुपैयाँ जम्मा भएको छ ।

निर्जीवन बिमा कोषको आकार ३ अर्ब २८ करोड ५४ लाख ४७ हजार रुपैयाँ रहेको छ । जीवन बिमा कोषको विवरण भने रिपोर्टमा उल्लेख छैन । तेस्रो त्रैमाससम्म यस कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ६ रुपैयाँ ८२ पैसा र प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ४६ पैसा रहेको छ ।

प्रकाशित मिति : २८ भदौ २०८०, बिहिबार  २ : ३४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज