३० पुस २०८२, बुधबार | January 14, 2026

आजको मौसमः लुम्बिनी सहित चार प्रदेशमा पानी पर्ने



काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।साथै नेपालमा हाल  भारतको दक्षिण पुर्वी उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली भई केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। कोशी र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली साथै मधेश प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी, सुदूरपश्चिम र कर्णाली  प्रदेशका केही स्थानहरूमा साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै लुम्बिनी प्रदेशका  एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना  रहेको छ ।

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू(भागका थोरै स्थानहरूमा र बाँकी भू(भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका  केही  स्थानहरूमा साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना  रहेको छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू(क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम रहने हुँदा सो बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २९ भदौ २०८०, शुक्रबार  ७ : १९ बजे

एघारौ जिल्ला स्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिताको उपाधि एभरेष्टलाई

बुटवल । बुटवलमा सम्पन्न एघारौ जिल्ला स्तरीय अन्तर माबि एभरेष्ट

कांग्रेस विशेष महाधिवेशन : मतदान राति ८ बजेदेखि

काठमाडौँ । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनबाट नेतृत्व चयनका लागि

देउवाले निर्वाचन आयोग पठाए महामन्त्री द्वयलाई कारवाही गरेको पत्र

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जारी पार्टीको विशेष महाधिवेशनबाट विघटन

विशेष महाधिवेशनबाट विघटीत केन्द्रीय कार्यसमितिबाट १५ औ महाधिवेशन बैशाखमा गर्ने निर्णय अनुमोदन

काठमाडौं । विशेष महाधिवेशनबाट विघटन गरिएको भनिएको नेपाली कांग्रेसको देउवा

गगन थापाले भने – हामी नै आधिकारिक कांग्रेस हौं, देउवा नेतृत्वको कार्यसमिति भंग भैसकेको छ

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले शेरबहादुर देउवा नेतृत्वको