१७ बैशाख २०८१, सोमबार | April 29, 2024

अमेरिका प्रस्थान गर्नु अघि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अमेरिका भ्रमणको पूर्वसन्ध्यामा मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

प्रधानमन्त्री दाहालको आसन्न अमेरिका भ्रमण तथा त्यसपछि हुने चिनियाँ भ्रमणका बारेमा छलफल हुने जनाईएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नियमित प्रशासनिक एजेन्डाको विषयमा छलफल हुनेछन् ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न विदेश भ्रमणका विषयमा पनि बैठकमा जानकारी गराउने र त्यसका तयारीका बारेमा मन्त्रालयगत जानकारी लिने पनि कार्यसुचीमा राखिएको छ ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घ ७८औँ महासभामा भाग लिन शनिबार त्यसतर्फ प्रस्थान गर्दैछन ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ९ : ५६ बजे

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक