१५ भदौ २०८३, सोमबार | August 31, 2026

धार्मिक पर्यटन प्रवर्द्धन गर्दै खजुरावासी


३० भदौ २०८०, शनिबार  

663
Shares

नेपालगन्ज । बाँकेको खजुरा क्षेत्रमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न खजुरावासी अग्रसर देखिएका छन् ।

खजुरा क्षेत्रमा रहेका मठमन्दिरको प्रचार गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्न स्थानीय लक्ष्मीनारायण मन्दिरमा महाआरती सुरु गरेको खजुरा क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेमबहादुर बुढाथोकीले बताए ।

“खजुुरा क्षेत्रमा राणाकालको मैटहवा मन्दिर, सयौँ वर्ष पुरानो हनुमान तलौवा, सन्तकुटी, लक्ष्मीनारायण मन्दिर, मनकामनापुरको शिवालय, ज्ञानोदयको कालीमाई, डिगाउँको नवदुर्गा मन्दिरलगायत यस क्षेत्रमा ठूूलो सङ्ख्यामा धार्मिक मठमन्दिर रहेका छन्”, अध्यक्ष बुढाथोकीले भने, “यस क्षेत्रका सबै मठमन्दिरलाई समेटेर धार्मिक गन्तव्य बनाउने अभियानमा खजुरावासी जुटेका छौँ ।”

खजुरा क्षेत्रमा रहेका ऐतिहासिक मैटहवा मन्दिरबाट रजनाहाको नारायणी ताल, सन्तकुटी, कालिका, नवदुर्गा र मनकामनापुरको शिवालय मन्दिरसमेतका धार्मिकस्थललाई एकीकृत धामका रूपमा विकास गर्दै खजुरामा प्रसिद्ध लक्ष्मीनारायण मन्दिर परिसरमा महालक्ष्मीको विशाल मूर्ति स्थापना गर्ने योजना रहेको अध्यक्ष बुढाथोकीको भनाइ छ ।

खजुरा क्षेत्रमा रहेका मठमन्दिरलाई तीर्थस्थल बनाउने लक्ष्यसहित खजुरा बजारमा रहेको लक्ष्मीनारायण मन्दिरमा यही भदौ २४ गतेदेखि प्रत्येक एकादशीमा महाआरती सञ्चालन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए ।

“महाआरतीका लागि आवश्यक पर्ने बजेट स्थानीयबाट स्वःस्फूर्तरूपमा उपलब्ध हुने गरेकोे छ”, अध्यक्ष श्रेष्ठले भने, “लक्ष्मीनारायण मन्दिरमा सङ्कल्प गरिएका हरेक कुरा सफल हुँदै आएको धार्मिक विश्वास रहेकाले यसको प्रचार–प्रसार गर्न लागेका छौँ ।”

धार्मिकरूपमा दानपुण्यको स्रोतबाट साप्ताहिक महाआरतीको योजना गरिए पनि प्रारम्भिकरूपमा मासिक कम्तीमा दुईपटक एकादशीका दिनमा महाआरती गर्न सुरु गरिएको उनको भनाइ छ ।

खजुरा क्षेत्रका अगुवा एवं मन्दिर व्यवस्थापन समितिका प्रमुख सल्लाहकार शरण कर्माचार्यले लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा बसेर सङ्कल्प गरेका हरेक काम सफल भएको जनाउँदै खजुरामा मानिसको बस्तीभन्दा पहिलाका धेरै धार्मिक क्षेत्र भएकाले खजुरालाई धार्मिक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले योजना बनेको बताए ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले खजुरा क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन स्थानीय अग्रसर भएकामा खुसी व्यक्त गर्दै यो अभियानमा गाउँपालिकाले आवश्यक सहयोग र समन्वय गर्ने बताए ।

प्रकाशित मिति : ३० भदौ २०८०, शनिबार  १० : ०९ बजे

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

नेपालगन्ज । “छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर

नारायणी अस्पतालवाट शिशु चोरी

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी भएको घटना

Indian Defence Minister Visits Nepal Embassy, Expresses Solidarity Over Flood Tragedy

New Delhi. Indian Defence Minister Rajnath Singh visited the Embassy

नेपालको दुःखमा भारतको साथ : दूतावास पुगेर भारतीय रक्षामन्त्री सिंहले दिए समवेदना

काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

तनहुँ । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास