२१ असार २०८३, आइतबार | July 5, 2026

तीजमा पशुपति क्षेत्रमा २ दिन रक्सी-मासुमाथि प्रतिबन्ध



काठमाडौं । जिल्ला प्रहासन कार्यालय काठमाडौंले तीज पर्वलाई मध्यनजर राख्दै आजबाट पशुपति क्षेत्रमा रक्सी मासुमाथि प्रतिबन्ध लगाएको छ । शान्ति सुरक्षा तथा धार्मिक क्षेत्रको पवित्रतालाई जोगाउन भन्दै प्रशासनले रक्सी मासुमा प्रतिबन्ध लगाएको हो ।

पशुपति क्षेत्रको ४ किल्ला नै तोकेर प्रशासनले मांस, मदिरा तथा नशालु पदार्थ उत्पादन, ओसारपसार, भण्डारण तथा बिक्रिवितरण गर्न प्रतिबन्ध लगाएको जनाएको छ । प्रशासनले सूचना जारी गर्दै पाशुपत क्षेत्रको पूर्व गौशाला मित्रपार्क सडकदेखि पूर्व, पश्चिम पशुपति क्षेत्रको पूर्व सिमाना देखि पश्चिम, उत्तर गौशाला तिलगङ्गा चक्रपथ देखि उत्तर र दक्षिणमा मित्रपार्क, उमाकाण्ड, गौरीघाट हुँदै बागमती देखि दक्षिण क्षेत्रमा मांस, मदिरा सहित नशालु पदार्थमा प्रतिबनध लगाएको हो ।

सूचनामा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ (क) र (ख) अनुसार आज ३१ गते बिहानै देखि पूर्णरुपमा रोक लगाएको जनाइएको छ । आदेश वितरित भएमा ऐन बमोजिम कडा कारवाही गरिने समेत सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८०, आइतबार  १० : ४४ बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ