१८ पुस २०८२, शुक्रबार | January 2, 2026

संविधानबाट समाज बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छिन । संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय एकता र समाजवादोन्मुख अर्थव्यवस्थाका लागि संविधानले महत्त्वपूर्ण दिशा देखाएको बताएकी हुन ।

“हाम्रो संविधानले सबै प्रकारका सामाजिक विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ”, भण्डारीको शुभकामना सन्देशमा भनिएको छ, “यसले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पनालाई साकार बनाउन समाजवादोन्मुख अर्थतन्त्र निर्माणका लागि मार्गदर्शन गरेको छ ।”

समाजवादोन्मुख अर्थतन्त्रको लक्ष्य हासिल गर्न मुलुकमा उपलब्ध प्राकृतिक स्रोत तथा ऊर्जाशील युवाशक्तिसहित मानवीय संसाधनको दिगो सदुपयोग गर्नुपर्ने उनको भनाइ छ । संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकारको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गरिनुपर्नेमा पनि उनले जोड दिएकी छिन ।

मुलुकको बृहत्तर हित र राष्ट्रिय विकासका लागि संविधान केबल साधनमात्र रहेको र त्यसको विवेकपूर्ण उपयोगमार्फत जनता र राष्ट्रको समग्र भलाई खोज्ने जिम्मेवारी राजनीतिक नेतृत्वको काँधमा रहेको भण्डारीको भनाइ छ ।

नेतृत्वले जनताको विश्वास आर्जन गर्न नसकेको अवस्थामा संविधानका सुन्दर अक्षरहरू निष्प्राण बन्न पुग्ने र जनताको विश्वाससमेत धर्मराउन थाल्ने उल्लेख गर्नुहुँदै पूर्वराष्ट्रपति भण्डारीले समाजमा देखिने आत्मकेन्द्रित प्रवृत्ति, भ्रष्टाचार, गलत आचरण र अनुचित कार्यहरूले जनताको बलिदानबाट निर्मित संविधान र राजनीतिक प्रणालीलाई कमजोर बनाउने बताएकी छिन ।

“सामाजिक सद्भाव र सहिष्णुता बिथोल्ने, नेपाली जनतालाई एकअर्काविरुद्ध उभ्याउने र राष्ट्रलाई कमजोर बनाउने अवाञ्छित प्रयाससमेत हुन सक्दछ । यस्ता संवेदनशील विषयमा गम्भीर चिन्तन र आत्मसमीक्षा गर्दै विगतका कमीकमजोरीमा सुधार गर्ने तथा आगामी दिनमा नयाँ कार्ययोजनासहित राष्ट्रलाई जनताको सपनासँग जोड्ने कार्यमा लाग्न हामी सबैलाई संविधान दिवसले अभिप्रेरित गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछु”, भण्डारीको शुभकामना सन्देशमा भनिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ७ : ११ बजे

नयाँ वर्षे मनाउँदै गर्दा स्विट्जरल्यान्डको एक बारमा आगलागी, ४० जनाको मृत्यु, ११५ घाइते

काठमाडौं । स्विट्जरल्यान्डको प्रसिद्ध पर्यटकीय सहर क्रान्स-मोन्टानामा नयाँ वर्षको उत्सव

एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण

गोरखा । सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु

आजको मौसम : तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले

निर्वाचन आउन ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

डा भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौँ । सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली