९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

मधेशमा एमालेको मिसन ग्रासरुट अभियान, ३० प्रतिशत कार्यकर्ता घट्दा होला उद्देश्य पूरा ?



महोत्तरी । नेकपा एमाले मधेशमा मिसन २०८४ को अभियानमा जुटेको छ । २०७९ को निर्वाचनमा अप्रत्याशित नतिजासहित ह्याट्रिक गरेको नेकपा एमाले यही विरासतलाई जोगाएर थप कसरी बलियो बन्ने भन्ने अभियानअन्तर्गत रणनीतिक योजनामा जुटेको हो ।

मधेशमा एमालेले अहिले तल्लोस्तरका कमिटीहरुलाई चलायमान बनाउन केन्द्रीय सदस्यहरु आएर प्रशिक्षण दिएकाक छन् । आफूलाई मधेशको मसिहा भनेर दाबी गर्ने मधेशवादी दलहरुलाई समेत पछाडी पार्दै नेकपा एमालेले २०७९ सालको निर्वाचनमा पहिलो पार्टी बन्यो ।

मधेशमा प्रत्यक्षमा १५ र समानुपातिकमा ८ गरि २३ सिट जितर पहिलो पार्टी बनेको एमालेले सोही विरासत जोगाउँदै थप उपलब्धि हासिल गर्ने उद्देश्यसहित मिसन २०८४ को अभियानमा छ । मधेशमा आफूलाई बलियो र सशक्त बनाउन एमालेले ईश्वर पोखरेलदेखि योगेश भट्टराईसम्मलाई मधेश दौडाहामा पठाएको छ । अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराईलगायत शीर्षस्त नेताहरु मधेशमा आएर प्रशिक्षण दिएका छन् । यसले एमाले मधेशलाई प्राथमिकतामा राखेर चुनावी रणनीति बनाइरहेको देखाउँछ ।

मिसन ग्रासरुट अभियानमा कर्णालीको जिम्मेवारी पाएका योगेश भट्टराई मधेश दौडाहामा पुगे । उनी मधेशमा यसरी आक्रामक रुपले सक्रिय भए । पार्टी सचिवसममेत रहेका भट्टराईले एक महिनामा ४८ वटा त बैठक नै गराएको मधेश प्रचार विभाग प्रमुख सोमप्रसाद शर्माले जानकारी दिए ।

नेकपा एमालेले पछिल्लो समय प्रदेश अधिवेशनको गृहकार्यलाई पनि तीव्र बनाएको छ । पटक–पटक मिति तोक्दै नेताहरुको आन्तरिक कलहले बिथोलिँदै आएको अधिवेशन मिति फेरि साार्दै असोज २५ र २६ लाई तय गरिएको छ ।

यसअघि असोज ५ र ६ लाई निर्धारण गरिएको थियो । महोत्तरीमा १९ र २० असोज, त्यसपछि रौतहटमा २२ र २३ असोजमा हुने भनिएको अधिवेशन समेत रोकिएको छ ।

बारा र महोत्तरीमा आन्तरिक विवाद कै कारण हुन नसके पनि रौतहटमा भने प्रभु साह एमालेबाट बाहिरिएपछि पुनः अधिवेशन हुने भएको हो । यसअघि साहले रौतहटको जिम्मेवारी समालेका थिए ।

तर, अधिवेशन भएका ठाउँहरुमा पनि एमालेले पुनः अधिवेशनको तयारी गरेको छ । मधेशका १३६ पालिका, १ हजार २७१ वडा र ११ हजार ४३९ टोलहरुमा अधिवेशन पुनः गरिने एमालेले जनाएको छ ।

सदस्यतामा ३० प्रतिशत कमि

नेकपा एमाले मधेशमा उत्साहित भए पनि पार्टी सदस्यतामा ३० प्रतिशतले कमि आएको छ । तर, यो प्रतिशतलाइ एमालेले स्वाभाविक रुपमा लिएको पार्टीका प्रवक्ता सोमप्रसाद शर्माले बताए । ‘धेरैजसो विदेशमा छन । कतिपयले पछि गरौँला भन्ने पनि छन्,’ उनले भने, ‘नयाँ सदस्यता भने आक्रामक ढंगले बढेको छ ।’

मधेशमा यसअघि ७१ हजार सदस्य भएको दावी गर्दै १ लाख सदस्य पु¥याउने गृहकार्य भइरहेको प्रबक्ता शर्माले वताए ।

मिसन २०८४ के हो ?

नेकपा एमालेले बनाएको मिसन २०८४ निर्वाचनलाई लक्षित अभियान हो । एमाले सचिव योगेश भट्टराईका अनुसार संघ, प्रदेश र स्थानिय तहमा एकल सरकार बनाउने अभियानमा अगाडि बढेको र यो उदेश्य प्राप्ति गरेरै छाडने योजना छ ।

‘५ वटा दलसँग त एक्लै लडेर त्यत्रो सिट ल्यायौं भने २०८४ मा बहुमत ल्याउँछौँ,’ उनले सार्वजनिक कार्यक्रममै भनेका छन् ।

एकीकृत समाजवादीमा गएकाहरुलाई फर्काउने अभियान

एमालेबाट अन्य पार्टीमा गएकाहरुलाई फर्काउने उद्देश्य पनि मिसन ८४ को उद्देश्य रहेको सचिव योगेश भट्टराईले बताए । एमालेबाट गएर एकीकृत समाजवादीका केन्द्रीय सदस्य बनेका डिल्ली उप्रेतीको नेतृत्वमा १५० जना नेता कार्यकर्तालाई एमालेमा फर्काइएको छ । सर्लाहीमा सर्लाहीबाट उनीहरुलाई एमालेमा नै भित्र्याइएको हो ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ४ : ३१ बजे

धनीराम चौधरी राप्रपामा प्रवेश, रुपन्देही-१ मा चुनावी समीकरण प्रभावित हुने अपेक्षा

बुटवल । रुपन्देही क्षेत्र नम्बर-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्रीको निर्देशन

लुम्बिनी । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष

दुई समुदायबीच तनाव चर्किएपछि रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यु

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरका विभिन्न क्षेत्रमा

केपी ओलीको आरोप – ‘रास्वपा चुनाव भाँड्ने दिशामा लाग्यो’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र

सप्तरीमा एमालेको झण्डा जलाउने एक निर्वाचन प्रहरी पक्राउ

सप्तरी । सप्तरीमा एक जना निर्वाचन प्रहरीले नै एमालेको चुनाव