४ पुस २०८२, शुक्रबार | December 19, 2025

भारतमा एक नेपालीको मृत्यु



कञ्चनपुर । भारतको एक तालमा डुबेर एक नेपालीको ज्यान गएको छ । ज्यान गुमाउनेमा कञ्चनपुरको बेलौरी नगरपालिका-७ टेडुवाका ३५ वर्षीय कुलबाहदुर शाह रहेका छन् ।

भारतको टिल्ला नम्बर ४ मा रहेको तालमा डुबेर उनको मृत्यु प्रहरीले जनाएको छ । भारतको टिल्ला ताल बेलौरी नगरपालिका-१० सँगै जोडिएको सिमावर्ती क्षेत्र हो ।

शाह टिल्ला नम्बर ४ का अमरजित सिंहको घरमा काम गर्दै आएका थिए । उनी मंगलबार साँझ घरमा जान्छु भन्दै त्यहाँबाट नेपालतर्फ आएको बुझिएको छ ।

उनी घर नपुगेपछि खोजी गर्दा बुधबार बिहान तालमा डुबेको अवस्थामा उनको शव फेला परेको थियो । उनको शव परिक्षणका लागि भारतीय प्रहरीले पिलिभित पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ६ : ५६ बजे

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह