२९ मंसिर २०८२, सोमबार | December 15, 2025

६ वर्षपछि फर्किएको आर्सनललाई ४-० को सुरुवाती जीत



काठमाडौं । पहिलो खेलबाट आर्सनलले ऐतिहासिक तथा सानदार जीत निकालेको छ । युरोपियन च्याम्पियन्स लिगमा ६ वर्षपछि फर्किएको आर्सनलले यस सिजनको पहिलो खेलमा सानदार जीत निकालेको हो ।

२०२३-२४ सिजनको पहिलो खेलमा पिएसभी आइन्डहोभनमाथि आर्सनलले ४-० को सानदार जित निकालेर रेकर्ड बनाएको अन्तर्राष्ट्रिय खेल समाचारले जनाएका छन ।

गए राती सम्पन्न समूह बी अन्तर्गत घरेलु मैदान एमिरेट्समा भएको खेलमा आर्सनल ४-० ले विजयी भएको हो । उत्कृष्ट सुरुआत गर्ने क्रममा आर्सनलले पहिलो हाफ मा नै तीन गोल गरेको थियो ।

आर्सनलका बुकायो साकाले आठौं मिनेटमा गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए भने लियोन्ड्रो ट्रोसार्डले २० औं मिनेटमा थप अर्को गोल गरे पछि आर्सनलको अग्रता दोब्बर हुन पुगेको थियो ।

गाब्रीएल जेससले ३८ औं मिनेटमा गोल गरे पछि आर्सनलले पहिलो हाफमा नै ३-० को फराकिलो अग्रता बनाउन सफल भयो ।

पहिलो हाफमा नै ३-० को अग्रता लिएको आर्सनलका कप्तान मार्टिन ओडेगार्डले ७० औं मिनेटमा थप गोल गरे पछि खेल ४-० मा टुंगियो ।  सो जितपछि आर्सनलले ३ अंकसहित च्याम्पियन्स लिगको यात्रामा ६ बर्ष पछि शुभ सुरुवात गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ८ : २७ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष