२ पुस २०८२, बुधबार | December 18, 2025

आन्दोलनरत शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता



काठमाडौं । आजदेखि अनिश्चितकालीन शिक्षणसंस्था हड्तालमा उत्रिएका शिक्षकहरु र सरकारबीच वार्ता भएको छ ।

देशभरका सामुदायिक स्कुलको पठनपाठन ठप्प पारेर काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षका प्रतिनिधिहरु र सरकारबीच सिंहदरबारमा बिहान ८बजेदेखि ९बजेसम्म वार्ता भएको हो । वार्तामा सरकारी पक्षको प्रतिनिधित्व उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेका छन्। वार्तामा शिक्षामन्त्री अशोक राई र शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी पनि सहभागी थिए ।

यस्तै आन्दोलनकारी शिक्षकको तर्फबाट शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी थिए ।

पुनः वार्ता गर्नेगरी आजको वार्ता सकिएको र वार्ता सकारात्मक भएको बताइएको छ।

वार्तामा सरकारका तर्फबाट शिक्षामन्त्री अशोक राईलगायत सहभागी थिए। वार्ता ८ बजेदेखि ९ बजेसम्म भएको थियो।

यसअघि शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा शिक्षकहरुले निर्णय गर्नसक्ने हैसियतका प्रतिनिधिसँग मात्र वार्तामा बस्ने भन्दै अस्वीकार गरेका थिए ।

हिजो काठमाडौंमा प्रदर्शन गरेका शिक्षकहरुले माग पुरा नभएसम्म विद्यालय नफर्किने अडान राखेका छन् । शिक्षकहरुले आज पनि माइतीघर मण्डलामा प्रदर्शनको तयारी गरेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ९ : २८ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल