१६ श्रावण २०८३, शनिबार | August 2, 2026

आन्दोलनरत शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता



काठमाडौं । आजदेखि अनिश्चितकालीन शिक्षणसंस्था हड्तालमा उत्रिएका शिक्षकहरु र सरकारबीच वार्ता भएको छ ।

देशभरका सामुदायिक स्कुलको पठनपाठन ठप्प पारेर काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षका प्रतिनिधिहरु र सरकारबीच सिंहदरबारमा बिहान ८बजेदेखि ९बजेसम्म वार्ता भएको हो । वार्तामा सरकारी पक्षको प्रतिनिधित्व उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेका छन्। वार्तामा शिक्षामन्त्री अशोक राई र शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी पनि सहभागी थिए ।

यस्तै आन्दोलनकारी शिक्षकको तर्फबाट शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी थिए ।

पुनः वार्ता गर्नेगरी आजको वार्ता सकिएको र वार्ता सकारात्मक भएको बताइएको छ।

वार्तामा सरकारका तर्फबाट शिक्षामन्त्री अशोक राईलगायत सहभागी थिए। वार्ता ८ बजेदेखि ९ बजेसम्म भएको थियो।

यसअघि शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा शिक्षकहरुले निर्णय गर्नसक्ने हैसियतका प्रतिनिधिसँग मात्र वार्तामा बस्ने भन्दै अस्वीकार गरेका थिए ।

हिजो काठमाडौंमा प्रदर्शन गरेका शिक्षकहरुले माग पुरा नभएसम्म विद्यालय नफर्किने अडान राखेका छन् । शिक्षकहरुले आज पनि माइतीघर मण्डलामा प्रदर्शनको तयारी गरेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ९ : २८ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा