५ पुस २०८२, शनिबार | December 20, 2025

शिक्षकहरुको आन्दोलन आज पनि जारी रहने



काठमाडौं । आन्दोलनरत शिक्षक संगठनले आज पनि काठमाडौं केन्द्रित आन्दोलनलाई निरन्तरता दिने भएका छन ।

गत असोज ३ गते देखी देशैभरीका सरकारी शिक्षकहरु जम्मा भएर काठमाडौंमा आन्दोलन गरे पछि राजधानीको दैनिकी अस्तब्यस्त बन्न पुगेको छ ।

सरकारले हालै ल्याएको विधेयकले सरकारी शिक्षक, राहात शिक्षकलगायतलाई अन्याय गरेको भन्दै अबिलम्ब सो विधेयक सच्चाउनु पर्ने माग गर्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन । उनीहरुले आफनो माग पुरा नभएसम्म काठमाडौं नछाडने अडान लिए पछि सरकार अप्ठयारोमा परेको छ ।

यता, शिक्षक संगठनको आन्दोलनले काठमाडौं उपत्यकाको ट्राफिक अवस्था अस्तब्यस्त हुन पुगेको छ । जसका कारण हिजो दिनभरी काठमाडौं उपत्यकामा घन्टौसम्म ट्राफिक जाम भएको थियो भने माइतीघर बानेश्वर सडक खण्डमा सबारी आबातजावत रोकिएको थियो । आज पनि आन्दोलन जारी रहने भए पछि काठमाडौं उपत्यकाको सवारी आवाताजावत पुरै प्रभावित हुने भएका छन ।

यद्धपी, आन्दोलनकारी शिक्षक र सरकार बिचमा आज पनि वार्ता हुने भएको छ ।

गत असोज ३ देखी देशैभरीका शिक्षक जम्मा भएर काठमाडौं केन्द्रित आन्दोलन गरे पछि सरकारले उनीहरुलाई बार्तामा बोलाएर समाधान खोज्न खोज्न लागेको हो ।

हिजो बिहान र साँझ भएको वार्ता असफल भए पछि आज पनि वार्ता हुन लागेको हो । सो वार्ता आज बिहान ८ बजे हुने जनाईएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ८ : ०६ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता