२५ मंसिर २०८०, सोमबार | December 11, 2023

बुटवलमा डेढ करोड लगानीमा खुल्यो ‘मोनिका स्किन एण्ड हेयर लेजर क्लिनिक’



बुटवल । डेढ करोड लगानीमा बुटवलमा मोनिका स्किन एण्ड हेयर लेजर क्लिनिक सञ्चालनमा आएको छ ।

दश वर्षदेखि ब्युटिपार्लर व्यवसाय गरिरहेकी मोनिका क्षेत्रीले विशिष्टिकृत सेवा दिने उद्देश्यले बुटवल बीपीचोकमा छाला र कपाल उपचार क्लिनिक सञ्चालनमा ल्याएकी हुन् ।

क्लिनिकमा केन्द्रीय कारागार अस्पताल, पिपुल हस्पिटल लगायतका अस्पतालमा लामो समयदेखि काम गर्दैै आएका वरिष्ठ छाला तथा सौन्दर्य रोग विशेषज्ञ डा.विक्रान्त ढकाल र काठमाडौँ किल्निक अफ कस्मेटिक सर्जरीमा कार्यरत डा.ज्योति शाहले सेवा प्रदान गर्ने प्रबन्धक निर्देशक क्षेत्रीले बताइन् । ‘स्किन एण्ड हेयरमा काठमाडौँबाट नै डाक्टर आउनु हुन्छ । अहिले तत्कालको लागि हप्ताको एक पटक फरक फरक बार गरी २ जना डाक्टर आउनु हुन्छ ।’-उनले भनिन् ।

क्लिनिकमा छाला र कपाल सम्बन्धी कपाल प्रत्यारोपण, लेजर र हाइड्रा फेसियल लगायत १५ प्रकारका उपचार सेवा दिइने उनले बताइन् ।

साथै फर्मासिस्ट दिपक क्षेत्री ,नर्स जुही श्रेष्ठले भने दैनिक रुपमा सेवा प्रदान गर्ने बताइन् । यस्तै पत्रकार सम्लेनमा वरिष्ठ सौन्दर्यकर्मी मोना पाठकले एकै जनाले शैलुन र स्किन सम्बन्धी काम गर्दा समास्या आउने गरेकाले व्यवसायीक रुपमा नै शैलुन र स्किन केयर संचालन गर्नु धेरै राम्रो भएको बताइन् । साथै मोनिका क्षेत्री आफुले सिकाएको विद्यार्थी रहेको र आफुले सिकाएको विद्यार्थीले गरेको कामबाट धेरै खुशी लागेको बताइन् ।

क्लिनिक शुभारम्भको अवसरमा केही दिनका लागि सबै प्रकारका उपचारमा १० देखि २० प्रतिशतसम्म छुटको प्रदान गरिने बताइन् । शैलुन र स्किन एण्ड हेयरमा गरी १ करोड ५० लाख लगानी रहेको सो शैलुनमा अहिले १२ जनाले रोजगारी पाएका छन् । स्किन एण्ड हेयरमा थप ५ जनाले रोजगारी पाउने उनले बताइन् ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ४ : ५५ बजे

संघीय संसदका महासचिव भरतराज गौतमले दिए राजीनामा

काठमाडौं। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना

भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन

यसरी फेरियो पुम्दीकोटको परिचय

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको

‘चिनजानकै व्यक्तिबाट महिला हिंसा’

काठमाडौं । लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका