३० जेष्ठ २०८३, शनिबार | June 14, 2026

बुटवलमा डेढ करोड लगानीमा खुल्यो ‘मोनिका स्किन एण्ड हेयर लेजर क्लिनिक’



बुटवल । डेढ करोड लगानीमा बुटवलमा मोनिका स्किन एण्ड हेयर लेजर क्लिनिक सञ्चालनमा आएको छ ।

दश वर्षदेखि ब्युटिपार्लर व्यवसाय गरिरहेकी मोनिका क्षेत्रीले विशिष्टिकृत सेवा दिने उद्देश्यले बुटवल बीपीचोकमा छाला र कपाल उपचार क्लिनिक सञ्चालनमा ल्याएकी हुन् ।

क्लिनिकमा केन्द्रीय कारागार अस्पताल, पिपुल हस्पिटल लगायतका अस्पतालमा लामो समयदेखि काम गर्दैै आएका वरिष्ठ छाला तथा सौन्दर्य रोग विशेषज्ञ डा.विक्रान्त ढकाल र काठमाडौँ किल्निक अफ कस्मेटिक सर्जरीमा कार्यरत डा.ज्योति शाहले सेवा प्रदान गर्ने प्रबन्धक निर्देशक क्षेत्रीले बताइन् । ‘स्किन एण्ड हेयरमा काठमाडौँबाट नै डाक्टर आउनु हुन्छ । अहिले तत्कालको लागि हप्ताको एक पटक फरक फरक बार गरी २ जना डाक्टर आउनु हुन्छ ।’-उनले भनिन् ।

क्लिनिकमा छाला र कपाल सम्बन्धी कपाल प्रत्यारोपण, लेजर र हाइड्रा फेसियल लगायत १५ प्रकारका उपचार सेवा दिइने उनले बताइन् ।

साथै फर्मासिस्ट दिपक क्षेत्री ,नर्स जुही श्रेष्ठले भने दैनिक रुपमा सेवा प्रदान गर्ने बताइन् । यस्तै पत्रकार सम्लेनमा वरिष्ठ सौन्दर्यकर्मी मोना पाठकले एकै जनाले शैलुन र स्किन सम्बन्धी काम गर्दा समास्या आउने गरेकाले व्यवसायीक रुपमा नै शैलुन र स्किन केयर संचालन गर्नु धेरै राम्रो भएको बताइन् । साथै मोनिका क्षेत्री आफुले सिकाएको विद्यार्थी रहेको र आफुले सिकाएको विद्यार्थीले गरेको कामबाट धेरै खुशी लागेको बताइन् ।

क्लिनिक शुभारम्भको अवसरमा केही दिनका लागि सबै प्रकारका उपचारमा १० देखि २० प्रतिशतसम्म छुटको प्रदान गरिने बताइन् । शैलुन र स्किन एण्ड हेयरमा गरी १ करोड ५० लाख लगानी रहेको सो शैलुनमा अहिले १२ जनाले रोजगारी पाएका छन् । स्किन एण्ड हेयरमा थप ५ जनाले रोजगारी पाउने उनले बताइन् ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ४ : ५५ बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६