५ पुस २०८२, शनिबार | December 20, 2025

नेपाल प्रहरीले जारी गरेको कार्यविधी भित्र रहेर काम गर्न एआईजी भण्डारीको निर्देशन



बुटवल । नेपाल प्रहरी कार्यदक्षता मुल्याङ्कन गर्न बुटवल आएका नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले प्रहरीले जारी गरेको कार्यविधी भित्र रहेर काम गर्न निर्देशन दिएका छन् ।

बुटवलमा उद्योगी-व्यवसायी, सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रमुख भण्डारीले प्रहरीले आफ्नो आचरण व्यवहार सुधार गर्दै जनताको शान्ती सुरक्षामा लाग्नुपर्ने बताए ।

प्रहरीहरु समाजमा नमुना हुनुपर्ने भन्दै एआईजी भण्डारीले व्यवहारमा सरल तर कानुन पालना गर्ने कुरामा प्रहरी सधै  कठोर हुनुपर्ने बताए । प्रहरीलाई पीडीत मैत्री बनाउन प्रहरी सधै लागीपरेको भन्दै भ्रष्टाचार शुन्य सहनशिलतामा रहेर काम गर्न प्रहरीहरुलाई निर्देशन गरे । लुम्बिनी प्रदेशमा अन्य घटनाभन्दा आत्महत्याका घटना बढ्दो देखिएको भन्दै यसलाई रोकथाम गरेन जनचेतना मुलक कार्यक्रम गर्न जरुरी रहेको बताए । यसका लागि स्थानीय संघ संस्थाहरु समेत लाग्नुपर्ने बताए ।

पछिल्लो समय प्रहरीले राम्रो काम गरेका कारण राजश्वमा समेत वृद्धी भएको दाबी गरे । प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीले भने-‘प्रहरीमा हिजो जस्तो आज र आज जस्तो भोली नहुने हुँदा धेरै कुराहरु सुधारिदै आएको छ ।’ उनले कुनै गलत मनसाय राखेर काम गरेको पाइए तुरुन्त कारवाही हुने बताए ।

कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, बुटवल उपमहानगरपालिका-४ का अध्यक्ष नरीश्वर पौडेल, वडा नम्बर ६ का अध्यक्ष लोकनाथ न्यौपाने, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल लगायतले बोल्दै रुपन्देहीको शान्ति सुरक्षमा खुल्ला सीमानाबाट हुने चोरी तस्करी नियन्त्रण तथा चाडवाड लक्षित सुरक्षा बारे जिज्ञासा राखेका थिए  ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ८ : ४५ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य