१० चैत्र २०८२, मंगलबार | March 24, 2026

नेपाल प्रहरीले जारी गरेको कार्यविधी भित्र रहेर काम गर्न एआईजी भण्डारीको निर्देशन



बुटवल । नेपाल प्रहरी कार्यदक्षता मुल्याङ्कन गर्न बुटवल आएका नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले प्रहरीले जारी गरेको कार्यविधी भित्र रहेर काम गर्न निर्देशन दिएका छन् ।

बुटवलमा उद्योगी-व्यवसायी, सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रमुख भण्डारीले प्रहरीले आफ्नो आचरण व्यवहार सुधार गर्दै जनताको शान्ती सुरक्षामा लाग्नुपर्ने बताए ।

प्रहरीहरु समाजमा नमुना हुनुपर्ने भन्दै एआईजी भण्डारीले व्यवहारमा सरल तर कानुन पालना गर्ने कुरामा प्रहरी सधै  कठोर हुनुपर्ने बताए । प्रहरीलाई पीडीत मैत्री बनाउन प्रहरी सधै लागीपरेको भन्दै भ्रष्टाचार शुन्य सहनशिलतामा रहेर काम गर्न प्रहरीहरुलाई निर्देशन गरे । लुम्बिनी प्रदेशमा अन्य घटनाभन्दा आत्महत्याका घटना बढ्दो देखिएको भन्दै यसलाई रोकथाम गरेन जनचेतना मुलक कार्यक्रम गर्न जरुरी रहेको बताए । यसका लागि स्थानीय संघ संस्थाहरु समेत लाग्नुपर्ने बताए ।

पछिल्लो समय प्रहरीले राम्रो काम गरेका कारण राजश्वमा समेत वृद्धी भएको दाबी गरे । प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीले भने-‘प्रहरीमा हिजो जस्तो आज र आज जस्तो भोली नहुने हुँदा धेरै कुराहरु सुधारिदै आएको छ ।’ उनले कुनै गलत मनसाय राखेर काम गरेको पाइए तुरुन्त कारवाही हुने बताए ।

कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, बुटवल उपमहानगरपालिका-४ का अध्यक्ष नरीश्वर पौडेल, वडा नम्बर ६ का अध्यक्ष लोकनाथ न्यौपाने, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल लगायतले बोल्दै रुपन्देहीको शान्ति सुरक्षमा खुल्ला सीमानाबाट हुने चोरी तस्करी नियन्त्रण तथा चाडवाड लक्षित सुरक्षा बारे जिज्ञासा राखेका थिए  ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ८ : ४५ बजे

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको