१७ पुस २०८२, बिहिबार | January 1, 2026

आफ्नो निर्वाचन क्षेत्रको विकास आयोजना बुझ्न सभामुख घिमिरे झापामा



बिर्तामोड । सभामुख देवराज घिमिरे संसद् स्थगित भएको समयमा आफ्नो निर्वाचन क्षेत्रका विकास आयोजनाका अवस्था बुझ्न सोमबार झापा पुगेका छन ।

झापा क्षेत्र नम्बर २ बाट निर्वाचित घिमिरेले तीन दिन बिर्तामोड मै रहेर क्षेत्रमा सञ्चालित विकास आयोजनाको अवलोकन निरीक्षण, निर्वाचन क्षेत्रका जनतासँग अन्तर्क्रिया, छलफल कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

सभामुखको सचिवालयका अनुसार उनले मुक्तिचोक शनिश्चरे जयपुर सडक अवलोकन, भूमिहीनसँग छलफल, बिर्ता भद्रपुर सडक, बिरिङ प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ ।

सभामुख घिमिरेले आफ्नो झापा बसाइ पूर्णरुपमा विकास काममा केन्द्रित हुने बताएका छन । ‘यसपटक विकास आयोजनाको निरीक्षण र कतिपय आयोजना सञ्चालन गर्न काठमाडौंमा गरेका छलफलको फलोअप गर्न आएको छु,’ उनले भने, ‘निर्वाचन क्षेत्रका आयोजनामा मेरो निरन्तर निगरानी रहन्छ ।’

विगतमा झापा क्षेत्र नम्बर २ मा उल्लेख्य योजनाहरु आएको बताउँदै सभामुख घिमिरेले क्षेत्रभित्रका सबै स्थानीय तहका जनप्रतिनिधिसँग अलग अलग छलफल गर्ने जानकारी दिए ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ९ : ३४ बजे

बुटवल सडक खाना महोत्सव समापन

बुटवल । अग्रेजी नया वर्षको अवसरमा आयोजना गरिएको बुटवल सडक

कांग्रेसले बोलायो कन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

‘आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक’

काठमाडौँ । गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको

कोठामा निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको

उत्साहपूर्वक मनाइयो इस्वी संवत नयाँ वर्ष २०२६

काठमाडौँ । विश्वभर धुमधामसाथ मनाइने इस्वी संवत् नयाँ वर्ष २०२६