१७ असार २०८३, बुधबार | July 1, 2026

कुशल र दीपेन्द्रको कीर्तिमानी व्याटिङमा मंगोलिया विरुद्ध नेपालको कीर्तिमानी ३१४ रन



काठमाडौं । चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपाली खेलाडीले सर्वाधिक छिटो शतकको कीर्तिमान बनाउँदै मंगोलियालाई ३१४ रनको विशाल लक्ष्य दिएका छन् ।

नेपालका लागि कुशल मल्लले ३४ बलमा विश्व कीर्तिमानी शतक प्रहार गरे । कुशलले अविजित रहँदै सर्वाधिक १३७ रन बनाएका हुन् । कुशलले ३४ बलमा शतक बनाएर डेविड मिलर, रोहित शर्मा र सुदेश विक्रमाशेखरको ३५ बलको कीर्तिमान तोडे ।

उनले १३७ रन बनाउन ५० बल खेल्दै ८ चौका र १२ छक्का प्रहार गरे ।

यस्तै, दीपेन्द्र सिंह ऐरीले मात्र ९ बलमा कीर्तिमानी अर्धशतक प्रहार गरेर नेपालका लागि कीर्तिमानी स्कोर बनाउन सफल भएका हुन् । यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्धशतक बनाएका थिए ।

पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको मंगोलियालाई कमजोर टिमको रुपमा लिईदै आएको छ । कमजोर टिमको फाईदा उठाउँदै ऐरीले पहिलो ६ बलमा ६ छक्का प्रहार गरेका थिए । १० बलको सामना गर्दा उनले ८ छक्का हिर्काए पछि उनको बिश्व किर्तिमान कायम भएको हो ।

नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन जोडको हो ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ९ : ०४ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)