१६ बैशाख २०८१, आइतबार | April 28, 2024

मंगोलिया विरुद्ध नेपालको कीर्तिमानी जित



काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भएको मंगलबार बिहान भएको क्रिकेट खेलमा नेपालले मंगोलियाविरुद्ध कीर्तिमानी जित हासिल गरेको छ । नेपालले मंगोलियालाई २७३ रनको विशाल रनको कीर्तिमानी अन्तरले पराजित गरेको हो ।

नेपाललाई विजयी बनाउन कुशल मल्ल र दीपेन्द्रसिंहले कीर्तिमानी रन बनाएका थिए । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जितको कीर्तिमान यसअघि चेक गणतन्त्रको नाममा थियो । चेक गणतन्त्रले सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई दुई सय ५७ रनले हराएर विश्व किर्तिमान कायम गरेको थियो ।

पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलेको मंगोलियालाई ३ सय १५ रनको लक्ष्य दिदै नेपालले ती किर्तिमान कायम गरेको हो । नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन जोडेको थियो ।

जारी खेलमा नेपालले टी– २० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाएको छ, यसअघि कुनै पनि टोलीले २ सय ७८ रनसम्म बनाएका रेकर्ड थियो ।

यता, नेपालका दीपेन्द्रसिंह ऐरी सर्वाधिक कम बलमा टी–२० अर्धशतक पुरा गर्ने ब्याट्सम्यानको किर्तिमान कायम गरेका छन, उनले ९ बलमै अर्धशतक पुरा गरेर सो रेकर्ड कायम गरेका हुन । यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान नेपाली क्रिकेटर ऐरीले तोडेका हुन् ।

उता, कुशल मल्ल पनि सर्वाधिक कम बलमा शतक पुरा गरेर नयाँ विश्व कीर्तिमान बनाउन सफल भएका छन्। उनले ३४ बलमा शतक पुरा गरेका छन । यसअघि ३५ बलमा शतक पुरा गरेको विश्व कीर्तिमान कायम रहेको जनाईएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  १० : ३१ बजे

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा

मे १ देखि नेपालीलाई चीन जाँदा भिसा शुल्क नलाग्ने

काठमाडौं । चीनले आफ्नो देश प्रवेश गर्न चाहने नेपाली नागरिकसँग

बझाङमा मतगणना सुरू

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा