१५ भदौ २०८३, सोमबार | August 31, 2026

आज हजरत मुहम्मदको १४९८ औं जन्मोत्सव, मुस्लिम समुदायले धुमधामका साथ मनाउँदै, लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा



बुटवल । ईस्लामको पैगम्बर हजरत मुहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे वसल्लमको १४९८ औं जन्मोत्सव आज धुमधामका साथ मनाईँदै छ । देशका मुस्लिम बाहुल्य क्षेत्रमा बिहानै देखि मुस्लिम समुदायका युवाहरु सडकमा निसकेका छन् ।

रुपन्देहीको पारी बुटवलमा जामा मज्दिज अगाडिबाट जुलुसको तयारी गरिएको छ भने नेपालगन्ज, कपिलवस्तु, भैरहवा, लुमिबनी लगायतका स्थानमा पनि बिहानैबाट ¥यालीको तयारी गरिएको बताइएको छ । हिन्दुहरुको गणे चतुर्दशी पनि आजै परेकाले नेपालगन्जमा हिन्दु र मुस्लिम धर्मगुरुहरुको बैठक बसेर फरक फरक समयमा दुबै समुदायले सौहार्दपूणरुपमा पर्व मनाउने निर्णय गरेका छन् ।

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बिउल औवल महिना को १२ तारिखका दिन बुबा अब्दुल्लाह र आमा आमिनाको कोखबाट साउदीको मक्का शहरमा भएको थियो । त्यसै दिन विश्वभरका मुस्लिमहरुले भव्यताका साथ बिविध कार्यक्रम गरी हजरत मोहम्मदको जन्मोत्सव मनाउने गर्दछन् । जन्मदिनको खुशीयालीमा मुस्लिम समुदायले जश्ने ईद मिलादुन नवि (रबिउलऔवल) को रुपमा मनाउने गर्दछन् । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ प्रवचन, जीवनी वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।

मोहम्मद डेको ¥यालीमा समुदायले सरकार की आमद मरहबा, ऱसुल की आमद मरहबा, दिलदार की आमद मरहबा, लब चूम के बोलो मरहबा, दिल खोलकर बोलों मरहबारमरहबा या मुस्तफ़ा मरहबा या मुस्तफा जस्ता नारा लगाउने गर्दछन् ।

मोहम्मद डेका दिन बिहानै बाट पहिलो नमाज पढेर सुद्ध भई महोम्मदका सन्देशहरु स्मरण गर्ने र पालना गर्न प्रतिबद्धता जनाउने गरिएको मुस्लिम धार्मिक अगुवा जामा मज्दिज इदगाहा समितिका पूर्व अध्यक्ष रहमान मियाले जानकारी दिए । लुम्बिनी प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदाको घोषणा गरेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ८ : ३२ बजे

रसुवा बाढी : उद्धारका लागि अन्तरराष्ट्रिय राहत सहयोग जुट्दै

काठमाडौं । बुधबार रसुवालगायत क्षेत्रमा गएको भोटेकोशी बाढीको विपद्पछि नेपाल

प्रधानमन्त्री र रास्वपा सभापतिबीच उद्धार र पुनःस्थापनाबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी

‘पार्वती’ टिमद्वारा बाढीपीडितका लागि ११ लाख बढी सहयोग

काठमाडौं । रसुवाको भोटेकोशीमा गत मंगलबार आएको अकल्पनीय बाढीबाट प्रभावित

रसुवा बाढी : सेनाद्वारा ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा । रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका

रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा