९ श्रावण २०८३, शनिबार | July 25, 2026

चिनिया ह्याकरले चोरी गरे अमेरिकन विदेश मन्त्रालयको ६० हजार इमेल



वासिङटन डिसी । चीन र अमेरिकाबीच तनाव जारी छ । चिनियाँ ह्याकरका कारण दुई देशबीचको तनाव फेरि बढेको हो ।

अधिकारीहरूका अनुसार चिनियाँ ह्याकरहरूले अमेरिकी सरकारको गोप्य दस्तावेजमा पहुँच पुरयाएका छन । ह्याकरहरूले अमेरिकी विदेश मन्त्रालयका करिब ६० हजार इमेलहरू चोरी गरेका छन् । एन्टोनी ब्लिन्केनको चीन भ्रमण अघि चिनियाँ ह्याकरहरूले अमेरिकी सरकारको गोप्यता भंग गरेका हुन् ।

विदेशी सञ्चारमाध्यमका अनुसार विदेश विभागका वरिष्ठ आईटी अधिकारीहरूले अमेरिकी संसदको सिनेटमा यस विषयमा जानकारी गराएका हुन् । सिनेटर एरिक स्मिटले भने कि, चिनियाँ ह्याकरहरूले पूर्वी एसिया र प्रशान्त मामिलाहरूमा केन्द्रित राज्य विभागका नौ अधिकारीहरू र युरोपेली मुद्दाहरूसँग सम्बन्धित अन्य अधिकारीहरूको इमेलमा पहुँच पुराएका छन् । अमेरिकन अधिकारीहरूले भने कि आरोपी चिनियाँ ह्याकरहरूले राज्य विभागको प्रत्येक इमेल ठेगानामा पुगेका छन् ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले भने कि, ह्याकरहरूले करिब ६० हजार इमेलहरू समक्ष पुगिसकेका छन् । मन्त्रालयका वरिष्ठ अधिकारीहरूले चिनियाँ ह्याकरहरूको पर्दाफाश गरेका छन् । इमेल कम्पनीमा ह्याकिङको उजुरी परेको छ ।

आधिकारिक प्रवक्ता म्याथ्यू मिलरले ह्याकिंगको लागि कसैलाई जिम्मेवार भनेका छैनन् । तर, इमेल कम्पनीले यसका लागि चिनियाँ ह्याकिङ समूहलाई जिम्मेवार ठहर गरेको छ ।

इमेल कम्पनीले आरोपितले ह्याकिङका लागि विशेष इमेल सफ्टवेयर प्रयोग गरी आक्रमण गरेको बताइएको छ । अधिकारीहरुका अनुसार चीनले पछिल्लो समय आफ्नो ह्याकिङ क्षमता विकास गरेको छ । तर, सिनेटर स्मिटले अनुसन्धान अझै सकिएको छैन भनेका छन । ‘हामी भविष्यमा यस्ता आक्रमणहरूबाट अझ सुरक्षित हुन आवश्यक छ,’ उनले भने ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ८ : २२ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको