५ चैत्र २०८२, बिहिबार | March 19, 2026

म्याग्दीको महभिर गाउँ पहिरोको जोखिममा


१२ आश्विन २०८०, शुक्रबार  

195
Shares

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ महभिरको बस्ती पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुुई वटा घर भत्किनुुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुुगेको छ । वडासदस्य गर्वे गुरुङले काले कामी र तुलबहादुर घर्तीको घर भत्किएको र १३ घर जोखिममा परेको जानकारी दिए ।

“पहाडको फेदीबाट सुुरु भएको दुुई वटा पहिरो फेदीमा रहेको रितुुङखोलासम्म पुगेको छ”, उनले भने, “ट्याङ्की, मुुहान र पाइपलाइनमा क्षति पुुगेकाले २५ घरधुरीले प्रयोग गर्ने खानेपानी आयोजना अवरुद्ध भएको छ ।”

फूलबारी–महभिर–च्युरीबोट सडक अवरुद्ध भएको छ । पहिरोले गाउँको बिचमा ठूलाठूुला खोल्सी बनाएको छ । खोल्सा छेउछाउको जमिन चिरा चिरा भएको छ । दुुई सय रोपनी भन्दा बढी खेतीयोग्य जमिनमा पनि पहिरोले क्षति गरेको छ ।

गत बुुधबार राति आएको पहिरोले तुलबहादुरको गोठमा रहेका एक वटा राँगो र एक वटा गोरु मरेका थिए । “हामी त्यो दिन घरमा नभएकाले पहिरोबाट बचियो”, तुलबहादुर भने, “११ जनाको परिवार आफन्तकोमा आश्रय लिएर बसेका छौ्र ।”

काले कामीले पहिरोले पुरिएकोबाहेक अर्को ठाउँमा रहेको घडेरीमा पनि पहिरोको जोखिम भएकाले कहाँ बस्ने भन्ने चिन्ताले सताएको बताउए । पूर्णदेवी घर्ती, सहबहादुर घर्ती सहबहादुुर सुनार, लालबहादुर कामी, तिलक कामी, गोरे कामी, पोविसरा सुुनार, वीरबहादुुर कामी, मुक्तिराम सुुनार, कुुलप्रसाद घर्ती, भीमप्रसाद सुुनार, रहमन घर्ती र कुुमारी घर्तीको घर जोखिममा रहेका वडासदस्य गुरुङले बताए ।

सो ठाउँमा गत हिउँदमा पनि सुुक्खा पहिरो खसेर एक वटा घरमा क्षति गरेको थियो । पहिरो प्रभावित क्षेत्रको बिहीबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले निरिक्षण गरेका थिए ।

“पहिरोबाट घरवास गुमाएकालाई जिल्ला प्रशासन कार्यालय मार्फत राहतको व्यवस्था हुन्छ”, उनले भने, “घर पुुनःनिर्माणका लागि तिनै तहका सरकारको साझेदारीमा रु पाँच लाखका दरले अनुुदान उपलब्ध गराउने व्यवस्था भएकाले सोहीअनुसार सहयोग गर्छौं ।”

तत्कालीनरुपमा खानेपानी आपूर्ति र सडक मर्मत तथा पहिरोबाट थप क्षति हुन नदिने र दीर्घकालीन रुपमा पहिरो नियन्त्रण तथा बस्ती संरक्षण अथवा स्थानान्तरणको योजना कार्यान्वयन गरिने उनले बताए ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ९ : ५३ बजे

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ । यहाँको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौं । गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा

‘लालीबजार’ मा फरक भूमिकामा छु : अभिनेत्री खड्का

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक विषयवस्तुमा आधारित रहेर तयार

समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिंदै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई