९ बैशाख २०८३, बुधबार | April 22, 2026

चार लाख बढी ड्यारियन ग्यापको बाटो हुँदै अमेरिकातर्फ



पनामा सिटी । पनामा र कोलम्बिया बीचको भयानक जङ्गल खण्ड पार गरेर अमेरिका जाने आप्रवासीको सङ्ख्या यो वर्ष चार लाख नाघेको छ । गत वर्षको तुलनामा यो सङ्ख्या ६२ प्रतिशतले बढी भएको पनामा सरकारले बिहीबार जनाएको हो ।

ड्यारियन ग्याप भएर अमेरिका जानु ज्यादै जोखिमपूर्ण मानिन्छ किनभने यो बाटोमा घना जङ्गल छ । जङ्गली जनावरको डर उत्तिकै छ भने विभिन्न किसिमका खोलानाला पार गर्नुपर्छ । जोखिम यतिमा समाप्त हुँदैन । आप्रवासीलाई लुट्न आपराधिक गिरोहहरू जङ्गलमा नै बसिरहेका हुन्छन् । भाग्यवश उनीहरू लुटिएनन् भने पनि ती गिरोहले सुरक्षित बाटो देखाइदिने नाममा आप्रवासीहरूबाट पैसा भने असुलेरै छाड्छन ।

आप्रवासीहरूका लागि दुई सय ६५ किलोमिटर लामो जोखिमपूर्ण ड्यारियन ग्यापको बाटो दक्षिण अमेरिकाबाट मध्य अमेरिका र मेक्सिको हुँदै संयुक्त राज्य अमेरिका पुग्ने प्रमुख ‘कोरिडोर’बनेको छ ।

पनामाका अधिकारीहरूलाई घना जङ्गल क्षेत्र ड्यारियन ग्यापमा मर्ने आप्रवासीहरूको वास्तविक सङ्ख्याबारे जाानकारी छैन । उनीहरूलाई यससम्बन्धमा कसैले कुनै जानकारी उपलव्ध गराएको छैन तर धेरै आप्रवासीको यो कठिन यात्रामा मृत्यु हुने गरेको छ ।

पनामाको गृह मन्त्रालयले बुधवारसम्म चार लाख दुई हजार ३० जना ड्यारियन ग्यापतर्फ गएका बताएको छ । कोलम्बियाबाट हरेक दिन चार हजार आप्रवासी त्यसतर्फ जाने गरेका छन् । कोलम्बियबाट अमेरिका सपना लिएर जाने अधिकांशमा भेनेजुएला, हाइटी, इक्वेडर र कोलम्बियाका नागरिक छन् भने तिनमा केही चिनियाँ र अफगानिस्तानी पनि छन् ।

आप्रवासीहरूको आगमन यति ठूलो छ कि पनामाले देशका विभिन्न भागमा आप्रवासीहरूको लागि सहायता केन्द्रहरू स्थापना गरेको छ । गृहमन्त्री जुआन पिनोले थेग्नै नसकिने गरी आप्रवासीको बाढी आएको र आफूहरूले भरमग्दुर प्रयास गरिरहेको बताएका छन ।

आप्रवासीहरूको थेग्नै नसकिने आगमनलाई नियन्त्रण गर्न पनामा सरकारले यसै महिनादेखि गैरकानूनी रूपमा आफ्नो भूमिमा प्रवेश गर्नेहरूलाई फर्काउन थालेको छ । यद्यपि त्यो नियन्त्रण हुन सकेको छैन ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  १२ : ०१ बजे

दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

बागलुङ । गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र

ईरानमाथि बमबारी गर्ने धम्की दिएका ट्रम्पले किन बढाए युद्धविराम ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँगको युद्धविराम अनिश्चितकालका लागि बढाउने निर्णय

सरकारी गाडीको ठक्करबाट गैँडाकोटमा पैदलयात्रीको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा

जबजको मार्गमा अघि बढ्न एमालेको आह्वान, लोकप्रियतावाद अस्थायी चुनौती : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मार्गदर्शक सिद्धान्त

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

कैलाली । कैलालीका स्थानीय पालिकाहरूले खेतबारीमा आगो नलगाउन नागरिकलाई अनुरोध