१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

हाम्रा अगाडि चुनौती छन् तर कांग्रेस सकिसक्यो भन्ने होइन : उदय राणा



सिन्धुली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाले कांग्रेस सम्हालिएर अगाडि बढ्ने बेला आएको बताएका छन् ।

शुक्रबार सिन्धुलीमा पार्टीका नेता कार्यकर्तासँगको अन्तर्क्रियामा उनले नयाँ राजनीतिक शक्तिको उदयलाई सामान्य रुपमा लिन नहुनेमा जोड दिँदै कांग्रेस पनि एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताए ।

उनले भने,  ‘नयाँ पार्टीहरुको उदयलाई सामान्य रुपमा लिनुहुन्न । तर अब सबै सकिइसक्यो भनेर अत्तालिनुपर्दैन । सम्हालिएर हिड्ने समय आएको छ । हाम्रो काम गर्ने तरिका बदल्नुपर्छ ।’

पूर्व अर्थराज्यमन्त्री एवं कांग्रेस नेता राणाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थित बनाएर संगठनलाई सक्रिय बनाउनुपर्ने बताए । उनले नेतृत्व परिवर्तनको कुरा गरेर मात्रै नहुने स्पष्ट पारे ।

‘नेतृत्व परिवर्तन भनेर मात्रै हुँदैन । हामी सबै पार्टीको वडा तहदेखि नै निर्वाचित भएर आएका हौं । पार्टीभित्र गुट उपगुट हुन्छन् । आन्तरिक प्रतिस्पर्धाले नै पार्टीलाई जिवन्त बनाउने हो । तर त्यसलाई व्यवस्थित बनाउन जरुरी छ । वडादेखि केन्द्रसम्म हामी सबैले जिम्मेवारीवोध गरेर संगठनलाई चलायमान बनाउनुपर्छ,’ उनले भने ।  उनले कांग्रेस एकतावद्ध भए कांग्रेसलाई कसैले हराउन नसक्ने दावी गरे ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ७ : ४९ बजे

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा घाम

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले

सरकारको सुरुआती लक्षण राम्रो छैन : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले वर्तमान

नेपालगन्जमा जेनजी आन्दोलनका सहिदको शालिक अनावरण

नेपालगन्ज । नेपाल मै पहिलो पटक नेपालगन्जमा जेनजी आन्दोलनका सहिदको

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका