२० बैशाख २०८३, आइतबार | May 3, 2026

‘पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउन आवश्यक छ’



काठमाडौं । पर्यटन क्षेत्रमा कार्यरत महिलाले दिगो र जिम्मेवार पर्यटनले मात्र देश विकासमा सहयोग पुग्न सक्ने बताएका छन् ।

पर्यटन क्षेत्रमा कार्यरत महिलाको साझा संस्था ‘टुरिजम सिस्टहुड एसोसिएसनको पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा दिगो र जिम्मेवार पर्यटन आजको आवश्यकता भएको बताएका हुन् ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले पर्यटन क्षेत्रमा कार्यरत महिलाको क्षमता अभिवृद्धिका लागि टुरिजम सिस्टहुड एसोसिएसनले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । “पर्यटन क्षेत्रमा महिलाको न्यून सहभागिता भएको अवस्थामा यस क्षेत्रमा महिला सहभागिता बढाउन आवश्यक छ”, उनले भने ।

नेपाल वायुसेवा निगमकी कर्पोरेट निर्देशक अर्चना खड्काले पर्यटन क्षेत्रमा कार्यरत महिलाको क्षमता र नेतृत्वविकासमा एसोसिएसनले खेलेको भूमिकाको उच्च प्रशंशा गरिन। “नेपाली महिला देश तथा विदेशका तारे होटल तथा एयरलाइन्समा विभिन्न पदमा पुगेका छन्, यो नेपाली महिलाका लागि खुशीको कुरा हो”, उनले भनिन।

बुद्ध एयरलाइन्सका कार्यकारी निर्देशक आस्था बस्नेत, मलेसियन एयरलाइन्स नेपालकी प्रमुख वाणिज्य सञ्चालक तृप्ती क्षेत्री, होटल मेची क्राउनकी उपमहानिर्देशक अलेशा कार्की महिला अगाडि बढ्नका लागि सशक्तीकरण आवश्यक रहेको बताएका थिए ।

सन् २०१८ मा नौ जनाबाट सुरु भएको सो एसोसिएसनले पर्यटन क्षेत्रमा कार्यरत महिलालाई सशक्त बनाई नेतृत्व विकासमा काम गर्दै आएको एसोसिएसनकी अध्यक्ष एवं सेवर नेपाल नेटवर्क नेपालकी महाप्रबन्धक अनुपा बुढाथोकीले जानकारी दिइन । उक्त एसोसिएसनमा हाल ५० भन्दा बढी महिला आबद्ध रहेका छन् ।

कार्यक्रममा नेपाल एसोसिएसन टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष रमेश थापा, पूर्वअध्यक्ष सिएन पाण्डे, क्याथे प्यासिफिक एयरलाइन्सको नेपाल प्रमुख जुनु मलेखुलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  १० : १० बजे

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको