२३ भदौ २०८३, मंगलबार | September 8, 2026

चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन



बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नेपालले छिमेकी मुलुक चीनबाट अपेक्षाकृत लाभ लिन चुकेको बताएका छन् । उनले चीन नेपालको असल र सहयोगी छिमेकी भए पनि नेपालले अपेक्षाकृत लाभ लिन नसकेको बताए ।

चीनको ७४औँ राष्ट्रिय दिवसका अवसरमा नेपाल–चीनमैत्री समाज लुम्बिनीले आज बुटवलमा आयोजना गरेको अन्तक्र्रियामा निरन्तरको राजनीतिक अस्थिरता, नेपाल–चीनबीच भएका सहमति कार्यान्वयन पक्ष कमजोर हुँदा र चीनको विश्वास जित्न नसक्दा सोचेअनुसार सहयोग र लगानी भित्र्याउन नसकिएको शेरचनले बताए ।

नेपालले एक चीन नीतिलाई कडाइका साथ पालना गर्नुपर्ने भन्दै शेरचनले अहिलेको आर्थिक सङ्कटबाट मुक्ति पाउन चीनको सहयोग लिन सरकार र दलहरूको ध्यान जानुपर्ने शेरचनले सुझाव दिए ।

नेपाल–चीनमैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण सापकोटाले चीनसँग सरकारी तह र जनस्तरमा पनि सम्बन्ध विस्तार गरी नेपालमा चिनियाँ लगानी भित्र्याउन र १५ करोड चिनियाँ बौद्धमार्गीलाई बुद्ध जन्मस्थल लुम्बिनीमा आकर्षित गर्न समाजले सरोकारवाला निकायसँग सहकार्य गरिरहेको बताए ।

अन्तक्र्रियामा लुम्बिनीस्थित चिनियाँ बिहारका भिक्षु, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्य, प्रा डा कपिलदेव लामिछाने, डा ऋषिराम शर्मा, डा सागर न्यौपाने, उद्योगीहरू एजाज आलम, टङ्क पोखरेल, प्राज्ञ बुँद रानालगायतले चीनको राष्ट्रिय दिवसमा एक साता लामो बिदा हुने भएकाले त्यस अवधिमा चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन विशेष योजना र प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ६ : ५७ बजे

दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरु बढ्दै

काठमाडौ । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापना गर्न प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु

चीनले चौँथोपटक पठायो रसुवा बाढीपिडीतका लागि राहत सामग्री

काठमाडौँ। चीनले रसुवा बाढीपिडीतका लागि चौँथोपटक राहत सामग्री पठाएको छ

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा