१० श्रावण २०८३, आइतबार | July 26, 2026

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको भेटवार्तामा सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग बनाउने विषयमा रहेको मतभेद हटाउन छलफल भएको छ । एमालेले सुन तस्करी प्रकरणमा सुरुदेखि नै छानबिन र कारवाहीको अधिकारसहित जाँचबुझ आयोग बनाउनुपर्ने माग राखेको छ । तर, सत्तारुढ दलहरुले भने सीआईबीले दिएको अनुसन्धानलाई अस्वीकार गर्नेगरी छानबिन गर्न नसकिने अडान राख्दै आएका छन् ।

दुईपक्षका अ-आफ्नै अडानका कारण असोज ५गते बन्ने भनेको जाँचबुझ आयोग अझै बन्न सकेको छैन । एमालेले यही निहुँमा आज बस्ने प्रतिनिधिसभा अवरुद्ध गर्ने तयारी गरेपछि प्रधानमन्त्रीले ओलीसहितका नेताहरुलाई छलफलका लागि बोलाएका हुन् । छलफलमा अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश वर्तौला सहभागी भएका छन् ।

छलफलमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ९ : ४५ बजे

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

काठमाडौं । लमजुङ जिल्ला प्रहरी कार्यालयले मध्यनेपाल नगरपालिका-४, दुर्दीपुलस्थित बौद्धा

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक

कर्णालीमा नेकपाको नेतृत्वमा सरकार गठन हुने

सुर्खेत । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित

काठमाडौं । बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी