२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

अमेरिकामा अर्थतन्त्र ‘सट डाउन’ को खतरा लगभग टरयो



वासिंगटन डिसी । अक्टोबर १ देखि अमेरिकामा ‘सट डाउन’ खतरा लगभग टरेको छ  । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स र माथिल्लो सदन सिनेटले संघीय सरकारलाई ४५ दिनको कोषका लागि पेश गरेको विधेयकलाई अनुमोदन गरे पछि यो खतरा टरेको हो ।

प्रतिनिधिसभाले ३३५-९१ को मतले निपटान कोष मापन विधेयक पारित गर्यो। जुन विधेयकलाई सिनेटले अनुमोदन प्राप्त गर्‍यो नोभेम्बरको मध्य सम्ममा बन्द हुने खतरा टर्ने भएको छ ।

अमेरिकामा अक्टोबर १ देखि शटडाउन लागू भएकाे भए अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुने थिए । अमेरिकी संसदमा खर्चका लागि सरकारलाई रकम उपलब्ध गराउने विधेयक पारित नभएसम्म वा सरकारले थप ऋण लिन स्वीकृति नपाएसम्म यो बन्द जारी रहन सक्ने थियाे । यदि यसो भयो भने यसले अमेरिकी अर्थतन्त्रका साथै विश्वभरका अर्थतन्त्रहरूमा प्रभाव पार्न सक्छ ।

डेमोक्र्याट सहित अधिकांश रिपब्लिकन सांसदहरूले कोष विधेयकको समर्थनमा मतदान गरेका छन । यद्यपि, एक डेमोक्र्याट र ९० रिपब्लिकन सांसदहरूले सम्झौताको विरोध गरेका छन । यसपछि विधेयकलाई सत्तारुढ डेमोक्रेटिक पार्टीको माथिल्लो सदन सिनेटमा पठाइएको थियो, जहाँ मध्यरात अघि ८८ सांसदले यसको समर्थनमा मतदान गरेका थिए भने विपक्षमा ९ मत मात्र परेको थियो । उक्त विधेयकले राष्ट्रपति जो बाइडेनको नेतृत्वमा रहेको संघीय सरकारलाई नोभेम्बर १७ सम्म ४५ दिनका लागि रकम उपलब्ध गराउने छ ।

सदनका सभामुख केभिन म्याकार्थीले कडा खर्च कटौतीको मागलाई अस्वीकार गरेपछि मात्र बिल पारित हुन सक्छ । म्याककार्थीले मतदान अघि भने, ‘हामी हाम्रो जिम्मेवारी पूरा गर्न जाँदैछौं । सदनमा बुझेर सरकारलाई साथ दिनेछौँ ।’

यसअघि न्यूयोर्कका डेमोक्रेटिक सांसद हाकिम जेफरीजले अमेरिकी जनता अझ राम्रोका हकदार रहेको बताएका थिए । ‘तर ‘कट्टर रिपब्लिकनहरूले शटडाउनको जोखिम बढाइरहेका छन्’ उनले भने ।

यसैबीच सिनेटको प्रस्तावमा युक्रेनलाई रुसविरुद्धको युद्ध लड्न ६ अर्ब डलर र अमेरिकी विपद् राहतका लागि ६ अर्ब डलरको व्यवस्था पनि गरिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १० : १९ बजे

Your email address will not be published.

बाख्रापालनले फेरियो डम्बरको जीवन

नेपालगञ्ज । साउदी अरब जाने तयारीमा रहँदा स्वास्थ्य परीक्षणका कारण

“Hello, My Chinese Doctors” Documentary Screened in Kathmandu

Kathmandu: A documentary highlighting Nepal-China cooperation in the healthcare sector,

काठमाडौंमा ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी

काठमाडौं । नेपाल–चीन स्वास्थ्य सहकार्यको कथा समेटिएको ‘नमस्कार, मेरा चिनियाँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५.५ किलो सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५.५ किलोग्राम सेतो हेरोइनसहित एक

एमाले अध्यक्ष ओलीद्वारा छठको शुभकामना

काठमा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले