१३ पुस २०८२, आइतबार | December 28, 2025

उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन गरिने



काठमाडौं । सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको छलफलपछि उक्त निर्णय गरिएको छलफलमा सहभागी एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।
“मन्त्रिपरिषदको बैठकले उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा आजै तीन सदस्यीय छानबिन आयोग गठन गर्ने र उक्त निर्णय आजै बस्ने प्रतिनिधिसभाको बैठकमा जानकारी गराउने सहमति भएको छ”, सचेतक बर्तौलाले भने ।
सुन तस्करी प्रकरणका सम्बन्धमा एमालेलगायतका दलले उच्चस्तरीय छानबिन आयोगको माग गर्दै आएकोमा गत भदौ ६ गते सरकार र राजनीतिक दलबीच असोज ५ सम्म उच्चस्तरीय छानबिन आयोग गठन गर्ने र सोही दिनदेखि आयोगले काम गर्ने सहमति भएको थियो । आयोगलाई छानबिनका लागि तीन महिनाको समय दिइनेछ ।
प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आयोग गठनको निर्णयबारे सदनलाई जानकारी गराउनेछन् ।
यसअघि आज विहान प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो । उक्त छलफलपछि प्रधानमन्त्री दाहालले सत्तारुढ दलसँग पनि सो विषयमा छलफल गर्नुभएको थियो । आजको छलफलमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीबाहेकको उपस्थिति थियो ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १ : १६ बजे

जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

काठमाडौं । “हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा । छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको

ठमेलको क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी,